विचार/ब्लग -
Comments Add Comment

विचार/ब्लग

List Grid
जनताको प्रश्न ?

१ मंसिर , काठमाडौं । बिहीवारको कान्तिपुर दैनिकमा एमाले अध्यक्ष केपी ओलीको अन्तर्वार्ताको हेडलाइन छ: ” चुनावपछि कांग्रेस र एमाले सरकारमा सँगै जान पनि सक्छन ” उनले अन्तर्वार्तामा गठबन्धन सरकारले गरेका बिगतका काम कारवाही र भावी अपूरो योजनावारे औंल्याएका छन । सीमानाका कुराहरु छ्न । भावी प्रधानमन्त्री भए भने उनको लागि चुच्चे नक्सा चुनौतीको विषय पक्कै पनि हुनेछ । तर भारतसँग लडेर होइन कुट्नीतिक माध्यामवाट समस्या समाधान गर्ने हो ” उनको भनाई छ ।
उता, माओबादी नेता प्रचन्डले कान्तिपुरमा ” दुई गठबन्धन र जनताको चयन ” शिर्षकमा लेख लेखेका छन । …

मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप : कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

२९ कात्तिक , काठमाडौ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो आरोप हो ढकाल भ्रष्टाचारी हो ।
ढकाल माथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ । त्यति मात्रै हैन उनीमाथि तेह्रथुमबाट आएर जितेको र फर्किएर आफ्नो क्षेत्रमा नआएको भन्ने आरोप पनि छ ।
केही समय अघि ढकालका आफन्त पर्ने एमाले कै क्रियासिल सदस्य देवीप्रसाद ढकालले भानुभक्तलाई भ्रष्टाचारीको संज्ञा दिँदै आफ्नो घरमा …

प्रधानमन्त्री बन्ने हुटहुटी !

२८ कात्तिक , काठमाडौ । राजनीतिलाई निश्चित गन्तब्यमा नजोडी लाभ र हानीसँग जोडिन पुर्याइयो भने त्यहाँ जस्तोसुकै पतिस्थितिमा पनि गठजोड प्रवृतीको हावी हुन्छ ।
राजनीतिक ब्यक्तिले सिद्वान्तलाई लेप लगाएको हुन्छ नै तर कुनैपनि राजनीतिक पार्टी तथा त्यो पार्टीका नेताहरुले कर्तब्य बिर्सेर लिएको गन्तब्यले न जनताको हितमा काम गर्न सक्छन , न त देश बिकासमा जोड दिन्छन नै । स्वार्थ जोडिएको हुन्छ केवल राजनीतिक लाभ, नाफा अनि घाटामा ।
अहिले संघ र प्रदेशको चुनाव नजिक आइसकेको छ । दलहरुको चुनाव प्रचार ब्यापक छ । प्रायस् ठूला दलहरुले आफ्ना नेता भावी प्रधानमन्त्री बन्ने भनेर ठोकुवा …

के थियो यो संसारमा

के थियो यो संसारमा
के थियो यो संसारमा के पो रहन्छ ।।
सबै कुरा यहि छोडेर जानु पर्ने छ
यो समाजलाइ केहि गर्नु छ ।।
परोपकार गरि सबैको मन मनमा बस्नु छ
म यो संसारमा नहुदा पनि मेरै चर्चा होस ।।
यो जगतमा मेरो चर्चा भईरहोस
मेरो मनबाट यहि कुरा चाहन्छु ।।।
म के थिए र के रहन्छु
सबैको माया लिएर जानेछु
मैले सबैको भलो होस भन्ने चाहन्छु ।।
मैले पनि यो संसारलाई शन्देश दिन सकु
मैले सधै यहि चाहन्छु ।।
म खरानि भएपछि पनि यो संसारले मेरो सम्झना गरोस
गाउँ बस्ति सबै ठाउँमा मेरै चर्चा चलोस ।।

मतदान गर्दा के बिचार गर्ने त ?

२२ कात्तिक , काठमाडौ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाब आउदै गर्दा आदर्णीय मतदाताहरुलाई केही भन्न मन लाग्यो ?
चुनावमा उमेदवार उठाउने विषयमा मात्र नभई देशका हरेक निकाएहरुमा परिवारवाद, नातावाद र कृपावादको माखे सांङ्लोले जेलिएको नेपालको राजनीतिमा मतदान गर्नुभन्दा अगाडि एक पटक होइन पटक पटक सोच्नुहोस, ता कि मत कुन पार्टिलाई दिँदै छु, या कुन ब्यक्तिलाई ।
साधारण खर्च चलाउनसमेत ऋण नलिई नसक्ने अवस्थामा पुगेको नेपालको अर्थतन्त्र बिदेशबाट पठाएको रेमिट्यान्सले धानिराखेको छ ।
श्रोत साधनको उपज भन्दा पनि लोकपृयताको लागि बितरणमुखी बजेटको कारणले अर्थतन्त्रमा अझ धराशायी हुने संकेत देखिएको छ । सके …

यहाँ भोक र शोकले पिडित

यहाँ भोक र शोकले पिडित भई बस्नु परेको छ                                                                                                                                        छोरा छोरीलाई खुवाउन केहि नभएर मन दुखेको छ ।            …

चुनावी रमझमसँगै बेलाको बोली !

२१ कात्तिक, काठमाडौं । ” हंसीया, हथौडा र कलम बोक्ने मजदुर र बुद्विजीवीले रुखको छहारीमा बसेर आनन्दले भोट हालौं, नत्र घामले सताइसक्यो ” डा बाबुराम भट्टराई ।
” लिम्पियाधुरा, लिपुलेक, कालापानी केपीले भन्दैमा आउने हो र ? त्यो त भारतकै हो, केपी त सीमामा बन्दुक लिएर लड्न जानू नि ” सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा डंडेलधुराबाट ।
” आफ्नो गाउँपालिका आउँदा हेलिकप्टरमा आउन सक्नेलाई मात्र भोट दिनुहोस ” आर्जु राणा ” चुच्चे नक्सा बराबरको जमीन हामी फिर्ता ल्याएरै छाड्छौं ।” एमाले अध्यक्ष केपी ओली ।
” एमालेले जित्यो भने हाम्ले देश छोडेर भाग्नुपर्छ” नेकपा …

बिदेसीनुपर्ने बाध्यताले गयो ज्यान !

१८ कात्तिक, काठमाडौं । उदयपुरका विवेक दाहाल सन २००६ मा रोजगारीका लागि साउदी अरब पुगेका थिए । मरुभूमीमा उँट हेर्ने काममा लागेका दाहाल एकजना आफन्तको हत्या र कतारी नागरिकको आँखा फुटाएपछि साउदीको जुबेलस्थित कारागारमा बन्दी जीवन बिताइरहेका थिए । उनको मुद्वा अगाडि बढीरहेको थियो। उनलाई १५ वर्षपछि साउदीको सर्वोच्च अदालतले मृत्युदन्डको सजाए सुनायो र गत कार्तिक ६ गते जुबेलस्थित कारागार भित्र साउदी सरकारले मृत्युदन्ड दियो । मृत्युदन्ड दिएको ४८ घन्टापछि मात्र साउदीको लागि नेपाली राजदुत नवराज सुबेदीलाई खवर पुग्यो । नेपाल सरकारको बारम्बारको आग्रहलाई इन्कार गरेर साउदीअरब सरकारले आखिर मृत्युदन्डको …

मैले तिमिलाई सम्झिएर

                                                                      गोबिन्द राज ओझा (राजन)
मैले तिमिलाई सम्झिएर बस्न थालेको छु
तिम्रो प्रेममा परेर घुम्न लागेको छु
अहिले यहाँ बसि मेरो लागि मस्किदेउ
प्रेमका शब्दहरुले यो मनलाई भरिदेउ
आउन आउ तिमि आउ मेरो मन भुलाउछु
तिम्रो प्रेममा परेर घुम्न लागेको छु
सुन्दर सिर्जनाको एक टुक्रा हौ
तिमि मेरो विश्वासमा छौ
तिम्रो प्रेमको सागरमा डुबेको छु
तिम्रो प्रेममा परेर घुम्न लागेको छु


This will close in 20 seconds