खाँणले देउवा छाड्दै, कोइरालालाई खुलेरै समर्थन !
१९ फाल्गुन , काठमाडौ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी संस्थापन समूहको साथ छाड्ने संकेत गरेका छन् । आइतबार रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा नेता खाँणले सो संकेत गरेका हुन् ।
उनी सभापति शेरबहादुर देउवाका प्रिय पात्रको रुपमा चिनिन्थेँ । लामो समय देउवाको साथमा रहेका थिए । तर भुटानी शरणार्थी प्रकरणमा थुनिएको बेला उनले देउवाको साथ पाएका थिएनन् ।
सोही विषयमा उनी देउवासँग असन्तुष्टि जनाउँदै आएका छन् । उनी धरौटीमा छुटेपछि पनि संस्थापन समूहका नेताहरु भन्दा इतर पक्षका नेताहरुसँग सम्बन्ध बढाउँदै लगेको थिए ।
उनी जेलमा रहँदा पनि इतर समूहका नेता डा। शेखर …
आजदेखि लागू भयो स्ववियु निर्वाचन कार्यतालिका
१९ फाल्गुन , काठमाडौ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ ।
चैत ५ गते हुने निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो । आज पहिलो दिन संघरसंगठनरसमूह दर्ताको कार्यक्रम राखिएको छ। निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ ।
आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।
काठमाडौं जिल्लामा कार्यसम्पादनको आधारमा तारकेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन, काठमाडौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन नतिजा मुल्याङ्कन अनुसार काठमाडौं जिल्लामा तारकेश्वर नगरपालिका उत्कृष्ट भएको छ ।
११ ओटा स्थानीय तहमध्ये सबैभन्दा धेरै ७१.३ प्रतिशत तारकेश्वर नगरपालिकाले प्राप्त गरेको छ । त्यस्तै सबैभन्दा कम काठमाडौं महानगरपालिकाले ५४.३ प्रतिशत प्राप्त गरेको छ । आयोगले १७ ओटा सूचकका आधारमा गरेको मुल्याङ्कनको आधारमा नतिजा प्रकाशन गर्दै आएको छ ।
त्यस्तै डडेलधुराको अमरगढी नगरपालिका देशै सबैभन्दा उत्कृष्ट बन्न सफल भएको छ । जसमा ८१.७ प्रतिशत प्राप्त गरेको छ । गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका, आँधीखोला गाउँपालिका, धादिङको नेत्रावती डबजोङ गाउँपालिका र …
पोखरा महानगरमा अर्बौं अनियमितता, अख्तियार प्रभावमा परेको आशंका !
३ फागुन काठममाडौ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यमाथि अनियमितता र भ्रष्टाचारको गम्भीर आरोप लागेका छन् ।
महालेखा परिक्षकको पछिल्लो प्रतिवेदनले ३ अर्ब ५ करोड रुपैयाँ बेरुजु र २ अर्ब ४१ करोड ५० लाख रकम मनोमानी रकमान्तर गरेको देखाएको हो ।
यसका साथै ५ लाख रुपैयाँभन्दा कम बजेटका १ हजार ३ सय १९ योजनामा रकम बाँडिएको र ३ सय बढी योजनाको कार्यान्वयन नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
मेयर आचार्यको नेतृत्वमा पोखरा महानगरमा ८ अर्ब रुपैयाँको लेखा परिक्षणमा विभिन्न अनियमितता भेटिएका छन् । अस्थायी दरबन्दी सृजना गरेर १३ करोड खर्च र गैरकानुनी …
जनयुद्धलाई मेटाउन प्रयास गर्नेहरु खरानी हुने प्रचण्डको चेतावनी
१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त चेतावनी दिएका हुन् ।
उनले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताए।
अध्यक्ष प्रचण्डले भने, ‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन। जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ।’
उनले जनयुद्ध दिवस साँच्चै …
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
२९ माघ, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियु नेतालाई प्रहरीले अनुसन्धानको हिम्मत नगरेको भन्दै गृहमन्त्री लेखकको भूमिकाप्रति प्रश्न उठाएका हुन्।
सांसद खनालले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हत्कडी लगाएर १५ दिन डुलाउने रु’
उनले आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने भन्दै प्रश्न गरे। …
फोहोरमैलाको ७ करोड वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि….
८ माघ ,काठमाडौ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले आफूविरुद्ध फेसबुकमा लेखेको भन्दै एक वडाध्यक्षलाई पत्र काटेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुयाललाई महर्जनले फोहोर उठाउनेसम्बन्धी विषयमा फेसबुकमा लेखेको भन्दै तीन दिनको म्याद दिएर पत्र काटेका हुन् ।
फुयालले पुस २९ मा ‘तारकेश्वर नगरपालिकामा वार्षिक रूपमा जनताले फोहोर मैलाको नाममा ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन् थाहा छैन । हिजोको मेयर पनि चुप आजको मेयर पनि चुप’ भनेर लेखेका थिए ।
यसप्रति आपत्ति जनाउँदै महर्जनले माघ २ गतेको मितिमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सार्वजनिक शिष्टाचार उलंघन गरेको भन्दै …
न्यायाधीश अधिकारीको इजलासमा रविको बयान सुरु
२८ पुष ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा शुरू भएको भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अधिकारीको इजलासमा रविको बयान सुरु भएको हो । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको पैसा गोरखा मिडियामा लगेर दुरुपयोग गरेको भन्दै रविसहित ३९ जनाविरुद्ध अभियोजन दर्ता गरिएको थियो।
सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला …
रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा
२८ पुष ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुनेछ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।
लामिछाने आइतबार बिहान साढे ९ बजेनै अदालतमा हाजिर भएका थिए। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
रविलाई सरकारी वकिलले सो ५ करोड ७८ …
भोला साहले कौडीको मूल्यमा कब्जा गरेको नगर सभागृहमा अवैध संरचना निर्माण, घुस लिएपछि मेयर सिंह चुप
२८ पुष ,काठमाडौ । देशभरी सार्वजनिक जग्गा जमिन कौडीको मूल्यमा लिएर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेको समाचार बारम्बार आइरहेका छन् ।
तर सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रमुख नै सेटिङमा त्यस्ता जग्गा भू-माफियालाई दिन तल्लीन छन् ।
यस क्रममा वीरगन्जको एक माफिया गिरोहले महानगरपालिकाका मेयरदेखि कर्मचारीसम्म सेटिङ गरेर वीरगन्जको नगर सभागृहमाथि कब्जा जमाउँदै आएको छ ।
स्थानीय निकाय जनप्रतिनिधि बिहीन रहेको अवस्थामा कागज बनाएर पैसा खाने विद्यामा महारत हासिल गरेका तत्कालीन अधिकृत शान्त बस्नेतको पहलमा सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणाअन्तर्गत भोला साह कलवारलाई आदर्शनगरस्थित नगर …