Comments Add Comment

Advertisment

SKIP THIS

राजनीति

List Grid
हिमाल शर्मालाई जिताउने लक्ष्यसहित तारकेश्वर–७ मा नेकपाको निर्वाचन कार्यालय स्थापना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं निर्वाचन क्षेत्र नं.–६ अन्तर्गत तारकेश्वर नगरपालिका वडा नं.–७ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ।
निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमार्फत मतदाता भेटघाट, जनसम्पर्क कार्यक्रम तथा संगठन विस्तारका विभिन्न गतिविधि सञ्चालन गरिने बताइएको छ।
कार्यालय स्थापना कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार क. हिमाल शर्मालाई विजयी गराउन सबै कार्यकर्ताहरू एकताबद्ध भएर सक्रिय रूपमा चुनावी अभियानमा जुट्नुपर्नेमा जोड दिएका थिए।
साथै क्षेत्रको समग्र विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै चुनावी अभियान …

तारकेश्वर–१ मा हिमाल शर्माद्वारा चुनावी सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–६ का लागि नेपाली कम्युनिस्ट पार्टी (तारा चिन्ह) का उम्मेदवार हिमाल शर्माले तारकेश्वर नगरपालिका वडा नं. १ मा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ।
स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यालय उद्घाटनसँगै चुनावी अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शर्माले जनताको आधारभूत आवश्यकता— स्वच्छ खानेपानी, व्यवस्थित सडक, रोजगारीका अवसर, गुणस्तरीय शिक्षा, प्रभावकारी फोहोर व्यवस्थापन, बफर जोनको समस्या समाधान, अवैध जग्गा प्लटिङको रोकथाम तथा अत्याधुनिक सोलार सडकबत्ती जडान —लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।
उनले भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने, पारदर्शी र …

आशा र भरोसाको प्रतीक: काठमाडौं क्षेत्र–६ मा हिमाल शर्माप्रति बढ्दो जनभावना

काठमाडौं । चुनाव केवल मत हाल्ने प्रक्रिया मात्र होइन, यो भविष्य रोज्ने निर्णायक क्षण पनि हो।
काठमाडौं निर्वाचन क्षेत्र–६ का धेरै नागरिकका लागि यसपटकको निर्वाचन आशा, भरोसा र परिवर्तनको अपेक्षासँग गाँसिएको छ।
यही भावनाबीच नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्हका उम्मेदवार हिमाल शर्मा जनताको घरदैलोमा पुगिरहेका छन्— सुन्न, बुझ्न र साथ दिन। टोल–गल्लीका भेटघाटमा नागरिकहरूले वर्षौंदेखिका आफ्ना समस्या खुलस्त राखिरहेका छन्।
धारामा पानी नआउने समस्या, बिग्रिएका सडकका कारणको हैरानी, युवाको रोजगारीको चिन्ता र फोहोरले ढाकिँदै गएको शहरको पीडा— यी सबै कथाहरू ध्यानपूर्वक सुन्दै शर्माले भाषणभन्दा बढी समाधानको प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्।
“जनताको पीडा नै मेरो …

काठमाडौं–६ मा चुनावी माहोल तात्दै, हिमाल शर्माको समर्थन बढ्दो

काठमाडौं । आगामी निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र–६ मा नेपाली कम्निस्ट पार्टीका तारा चिन्हका उम्मेदवार हिमाल शर्मा प्रति जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।
स्थानीय बासिन्दाहरू विकास, पारदर्शिता र जनउत्तरदायित्वको मुद्दा उठाउँदै आएका शर्मालाई आशाको रूपमा हेर्न थालेका छन्।
क्षेत्रका विभिन्न टोल–बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका शर्माले पानी, सडक सुधार, रोजगारी सिर्जना, शिक्षा र फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने र युवालाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाउने उनको एजेन्डाले मतदाताको ध्यान आकर्षित गरिरहेको छ।
स्थानीय युवाहरूले “अब काम गर्ने नेतृत्व चाहियो” भन्दै समर्थन जनाइरहेका …

जिउँदा सहिद’ हिमाल शर्मा—संघर्ष, विचार र नेतृत्वको प्रतीक

काठमाडौं। नेपालको कम्युनिस्ट आन्दोलन र विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय नेता हिमाल शर्माले संघर्ष, नेतृत्व र वैचारिक दृढताको प्रतीकका रूपमा आफ्नो राजनीतिक यात्रा स्थापित गरेका छन्।
पञ्चायतकालदेखि वर्तमान निर्वाचनसम्म फैलिएको उनको यात्रा केवल व्यक्तिगत कथा नभई राज्यसत्तासँगको प्रतिरोध र निरन्तर आन्दोलनको जीवित दस्तावेज बनेको छ।
यही कारण उनलाई ‘जिउँदा सहिद’को रूपमा चिनिन्छ।
बागलुङ जिल्लाको जैमिनीमा जन्मिएका शर्माले किशोरावस्थादेखि नै बामपन्थी विचारधारामा आकर्षित हुँदै राजनीतिक चेतना विकास गरेका थिए।
पञ्चायत व्यवस्थाविरुद्ध सक्रिय रहेकै कारण उनी २०४३ सालमा पहिलो पटक जेल परे।
त्यसपछि २०४८, २०५१, २०६१ र २०६३ सालमा पटक–पटक पक्राउ परेका उनले करिब एक दशक जेल …

कागेश्वरी मनोहरा–८ मा छड्के अनुगमन: म्याद गुज्रिएका खाद्य सामग्री र सडेगलेको मासु नष्ट

कागेश्वरी मनोहरा नगरपालिकाभित्र केही गैरजिम्मेवार व्यापारीहरूले नाफाका लागि उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको गम्भीर अवस्था खुलासा भएको छ।
नगरपालिकाले आइतबार गरेको छड्के अनुगमनका क्रममा किराना पसल, मासु पसल र होटलमा व्यापक लापरबाही फेला परेको हो।
केही दिनदेखि तीव्र बनाइएको अनुगमनअन्तर्गत वडा नम्बर ८ मा गरिएको निरीक्षणमा अधिकांश किराना पसलहरूमा म्याद गुज्रिएका, सडेगलेका तथा उपभोग गर्न अयोग्य खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएको अनुगमन टोलीले जनाएको छ। कतिपय सामग्री दुर्गन्ध आउने अवस्थामा समेत थिए।
शिवचोकस्थित मेलम्ची किराना स्टोर र एसियन किराना पसलबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने म्याद गुज्रिएका तथा सडेगलेका खाद्य सामग्री फेला परेपछि …

“फोहरको उपहार पाएको मेयर : सत्य बोलेको नागरिकलाई झुटा आरोपको माला”

 काठमाडौ , तारकेश्वर ।  भ्रष्टाचार र अन्यायविरुद्धको आवाज अहिले तारकेश्वर नगरपालिकामा ‘अपराध’ बन्न थालेको छ । सत्य बोल्नेहरूलाई धम्की, झुटा आरोप र दमनले थिच्ने प्रवृत्ति देखिएको छ ।
यही सन्दर्भमा, तारकेश्वरका युवा प्रज्वल लामा अघि आएका छन् – उनी आफूलाई “सत्य र पारदर्शिताका लागि लड्ने निडर नागरिक” भनेर परिचय दिन्छन् । लामाका अनुसार, मेयर स्वयंले नै जनताको आवाज दबाउने प्रयास गर्दै आएका छन्।
“भ्रष्टाचारविरुद्ध बोल्नु अपराध होइन,” प्रज्वल भन्छन्, “तर अहिले नगरको नेतृत्वले जनताको प्रश्नलाई अपमानमा बदलिदिएको छ ।”
भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलन
भदौ २३ गते तारकेश्वरका युवाहरूले नगरपालिका अगाडि भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरे । …

“राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वरद्वारा भोलि बोराटारमा मतदाता Online दर्ता अभियान”

काठमाडौँ, तारकेश्वर — राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर परिवारको पहलमा तारकेश्वर नगरपालिका–५, बोराटार चोकमा भोलि शनिबार दिनको ठिक ३:०० बजेबाट मतदाता Online नामावली दर्ता सहजीकरण डेस्क सञ्चालन हुने जानकारी प्राप्त भएको छ।
उमेर १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका तर मतदाता नामावलीमा नाम नदिएको वा छुटेकाहरूलाई यस कार्यक्रममार्फत सहजीकरण गरिनेछ।
आयोजकले सबै योग्य नागरिकलाई आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ।
आवश्यक कागजातहरू
✅ पहिलो पटक दर्ताका लागि:
सक्कल नागरिकता
✅ बसाइँ सराइ भएकाहरूका लागि:
बसाइँसराइ दर्ता प्रमाणपत्र
सक्कल नागरिकता
मतदाता परिचयपत्र (बनाईसकेको भए)
✅ मतदान केन्द्र मात्र सार्न चाहनेका लागि:
सक्कल नागरिकता
मतदाता परिचयपत्र
✅ बिबाहको आधारमा दर्ताका लागि:
विवाह दर्ता प्रमाणपत्र
सक्कल नागरिकता
तारकेश्वरमा …

अब समय युवाको काँग्रेश — सुधार वा विस्थापनको मोडमा नेपाली काँग्रेश

जेन–जि आन्दोलनले नेपालको राजनीतिक भूमिमा नयाँ चेतना र नयाँ आकांक्षाको बीज रोपेको छ।
त्यो आन्दोलनले केवल सडक तताएको होइन, पुरानो सोच, परम्परागत नेतृत्व शैली र पार्टीभित्रको निष्क्रियताको विरुद्ध एउटा ठूलो सन्देश पठाएको छ — अब समय परिवर्तनको हो।
तर दुर्भाग्य, नेपाली काँग्रेस अझै पनि आफ्नो पुरानो बुढौलीपन र सत्ताको मोहबाट मुक्त हुन सकेको छैन। यही कारण हो, आज युवापुस्ताको विश्वास काँग्रेसप्रति धमिलो बन्दै गएको छ।
काँग्रेस देशको सबैभन्दा पुरानो र सशक्त राजनीतिक संगठन हो, जसको कन्धामा लोकतन्त्रको जग बसाल्ने इतिहास बोकेको छ। तर आज त्यही काँग्रेस संस्थागत जडता र पुरानै शैलीमा बाँधिएको देखिन्छ। …