काठमाडौं, — गणेश पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी) को घर नजिकै रहेको पुरानो नर्सरी बगैंचाको साइडमा शंकास्पद वस्तु फेला परेको छ।
स्थानीयले जानकारी दिएपछि उक्त स्थानमा सुरक्षा निकाय परिचालन गरिएको थियो। शंकास्पद वस्तुलाई सशस्त्र प्रहरी तथा नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।
डिस्पोज गरिएको वस्तुमा धुलो र बालुवा मिसिएको सामग्री तारले कभर गरेर राखिएको अवस्थामा भेटिएको सेनाले प्रारम्भिक जानकारी दिएको छ। उक्त वस्तु विस्फोटक पदार्थ थियो वा थिएन भन्नेबारे प्राविधिक परीक्षणपछि मात्र स्पष्ट हुने बताइएको छ।
घटनाबारे कसले र किन उक्त वस्तु राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको नेपाल प्रहरी ले जनाएको छ।
घटनापछि उक्त क्षेत्रमा केही समय सुरक्षा सतर्कता बढाइएको थियो भने अहिले अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।








