Comments Add Comment

Advertisment

SKIP THIS

बिजनेश

List Grid
बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा

२९ माघ, काठमाडौ । फिल्म ‘लाज शरणम्’ को ‘नेपाल हाँसेको’ गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा उक्लिएको हो। रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ । सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो ।
नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा अस्ट्रेलियामा १५, युएईमा ८, कतारमा २, माल्टामा २ र कुवेतमा ९ औं स्थानमा छ। नेपाली समुदायको बाक्लो बसोबास रहेका यी मुलुकका दर्शकले गीतलाई रुचाएको देखिएको छ ।
वैदेशिक रोजगारीको …

गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?

२९ माघ, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियु नेतालाई प्रहरीले अनुसन्धानको हिम्मत नगरेको भन्दै गृहमन्त्री लेखकको भूमिकाप्रति प्रश्न उठाएका हुन्।
सांसद खनालले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हत्कडी लगाएर १५ दिन डुलाउने रु’
उनले आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने भन्दै प्रश्न गरे। …

तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा

२९ माघ,काठमाडौ । शिक्षा कुनै पनि समाजको आधारशिला हो। शिक्षाले मात्र समाजलाई सभ्य, विकसित, र आत्मनिर्भर बनाउन सक्छ।
यो जग मजबुत बनाउने सबैभन्दा ठूलो भूमिका शिक्षकमै निर्भर हुन्छ। शिक्षक राष्ट्रका निर्माता हुन्, जसले समाजलाई ज्ञान र चेतनाको उज्यालो दिन्छन्। यद्यपि, नेपालमा शिक्षकहरूले वर्षौंदेखि अनेकौं समस्याको सामना गर्दै आएका छन्।
समयमै तलब नपाउनु, उचित सम्मान नपाउनु, भौतिक सुविधा अभाव, सरकारी निकायहरूको बेवास्ता, अनि नीतिगत अस्थिरता जस्ता समस्याले शिक्षालाई नै प्रभावित पार्दै आएको छ।
तारकेश्वरका सामुदायिक विद्यालयका प्रध्यानापकहरुको गुनासो, तलब आउने आशा र आवाजसहित :-
“प्रशासकिय अधिकृत केहि समय देखी नहुदा नआएको हुन सक्ने र अहिले …

कसरी गायब भयो दानबिरहरुको ३ लाख रुपैया , संयोजक नै सम्मेलनमा देखिएनन् ?

तार्केश्वर नगरपालिकाको आयोजनमा गरिएको पौराणिक तार्केश्वर महादेव शिव महापुराण -२०८० को पत्रकार सम्मेलन एक बर्ष पछि गर्दा पनि अपुरो बनाई सम्पन्न गरेका छन् ।
पत्रकार सम्मेलन गएको २०८० माघ महिनाको अन्तिम हप्ता गरेतापनि दान गर्ने दानबिरहरुको चित्त नबुझदा फेरी एक बर्ष पछि गरेको हो । तर एक बर्ष पछि गर्दा पनि उहि पुराना खाका मात्र सुनाईयो जुन यो तलको फोटोमा प्रस्ट छ

यो फोटो २०८० को हो तर एक साल पछि पनि पत्रकार सम्मेलन गर्दा न त पत्रकार सम्मेलन गर्ने भनेर व्यानर नै छ नत समितिका अरु कोहि यस्तोगर्दा पत्रकार कै अपमान …

स्वरोजगार समावेशी महिला प्रवर्द्धन केन्द्रको साधारण सभा सम्पन्न !

माघ ,काठमाडौ । स्वरोजगार समावेशी महिला प्रवर्द्धन केन्द्र, ता.न.पा ८ अन्तर्गत शनिबारको साधारण सभाको कार्यक्रम भब्य र सब्यताकासाथ सम्पन्न भएको छ ।

यस नगरपालिका वडा न ८ अन्तर्गत समाबेशी टोल सुधार समितिमा यस संस्थाको कार्यालय रहेको छ । यस संस्थाको मूख्य उधेश्य भनेको थोरै रकम जम्मा गर्ने र संचित बचतले महत्वपूर्ण गर्जो टारी सामाजिक कार्य गर्न महिला सहभागितामा उत्प्रेरणा जगाउने नै हो ।

संस्थाले पुरानै कार्य समिती कायम राख्दै आगामी श्रावण महिनादेखि भैपरी आउदा खर्च गर्न मिल्ने गरी प्रत्येक सदस्यले वार्षिक एक सय रुपैयाका दरले छुट्टै रकम जम्मा गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित …

फोहोरमैलाको ७ करोड वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि….

८ माघ ,काठमाडौ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले आफूविरुद्ध फेसबुकमा लेखेको भन्दै एक वडाध्यक्षलाई पत्र काटेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुयाललाई महर्जनले फोहोर उठाउनेसम्बन्धी विषयमा फेसबुकमा लेखेको भन्दै तीन दिनको म्याद दिएर पत्र काटेका हुन् ।
फुयालले पुस २९ मा ‘तारकेश्वर नगरपालिकामा वार्षिक रूपमा जनताले फोहोर मैलाको नाममा ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन् थाहा छैन । हिजोको मेयर पनि चुप आजको मेयर पनि चुप’ भनेर लेखेका थिए ।
यसप्रति आपत्ति जनाउँदै महर्जनले माघ २ गतेको मितिमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सार्वजनिक शिष्टाचार उलंघन गरेको भन्दै …

हार्दिक बधाई तथा शुभकामना !

मिति २०८१ माघ ०५ गते शनिबार नोबेल साकोस साहित्य संस्था (साकोस) ले मध्य बानेश्वरको रत्न राज्य स्कुलमा संचालन गरेको एक विशेष कार्यक्रममा नोबेल साकोसले तार्केश्वर नगरपालिका ३ का धरहरा अभियन्ता एबं गजलकार श्री ध्रुवप्रसाद गजुरेललाई आउँदो कार्यक्रममा विशेष उपाधी सहित सम्मान गरिने घोषणा गरेकोमा आदरणीय धरहरा अभियन्ता तथा गजलकार ध्रुवप्रसाद गजुरेललाई तार्केश्वर नगरपालिकाका बासिनाद्वारा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा

१ माघ, काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् ।
त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय …

बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ

रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार महिला ४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन् ।
खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो ईन्ताज चुडिहारकी श्रीमती २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन् । उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।
प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई गढीमाई नगरपालिका-२ समनपुरबाट पुस २६ गते पक्राउ गर्न सफल भएको थियो । खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान …