माघ ,काठमाडौ । स्वरोजगार समावेशी महिला प्रवर्द्धन केन्द्र, ता.न.पा ८ अन्तर्गत शनिबारको साधारण सभाको कार्यक्रम भब्य र सब्यताकासाथ सम्पन्न भएको छ ।

यस नगरपालिका वडा न ८ अन्तर्गत समाबेशी टोल सुधार समितिमा यस संस्थाको कार्यालय रहेको छ । यस संस्थाको मूख्य उधेश्य भनेको थोरै रकम जम्मा गर्ने र संचित बचतले महत्वपूर्ण गर्जो टारी सामाजिक कार्य गर्न महिला सहभागितामा उत्प्रेरणा जगाउने नै हो ।

संस्थाले पुरानै कार्य समिती कायम राख्दै आगामी श्रावण महिनादेखि भैपरी आउदा खर्च गर्न मिल्ने गरी प्रत्येक सदस्यले वार्षिक एक सय रुपैयाका दरले छुट्टै रकम जम्मा गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, संरक्षक तथा समाबेशी टोल सुधार समितिबाटसमेत उपस्थिति थियो ।

भनिन्छ निू महिला शिक्षित भएपछि परिवार र समाज शिक्षित हुन्छ। महिलाको सम्मान नै समाजको असली सभ्यता हो। महिलाको हक र अधिकारको रक्षा नगर्ने समाज कहिल्यै प्रगतिशील हुन सक्दैन। एक महिला सशक्त बन्यो भने, उनीसँगै सम्पूर्ण समाज सशक्त बन्छ। महिलालाई अवसर दिइयो भने, उनी असम्भवलाई पनि सम्भव बनाउन सक्छिन्। सफल महिला त्यो हो जसले अरू महिलाहरूलाई माथि उठाउन प्रेरित गर्छ। समाजको भविष्य महिलाहरूको सशक्तिकरणमा निर्भर छ। महिला कुनै वस्तु होइनन्, उनीहरू समाजको आधारस्तम्भ हुन्। महिलाले जब आफ्नो आवाज उठाउँछिन्, तब परिवर्तनको सुरुवात हुन्छ।

त्यसैले महिलासमबन्धी यस्ता सामाजिक सेवा भावले ओतप्रोत कार्यक्रमले मात्र समाज अगाडि बढ्न सक्छ भन्ने धारणा प्राय वक्ताको रहेको थियो ।

खिमराज गिरी