Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

२३ असार , काठमाडौँ । भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब ६ किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-४ झ्याङे बस्ने २४ वर्षीय विजय लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.२९ प ३०४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक विजयलाई पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-७ पुरानो चोहर्वाबाट ६ सय नियन्त्रित लागूऔषध नाइट्राजेपाम र करिब १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका-१० बस्ने २५ वर्षीय नरेश कुमार महतो र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश कुमार यादव रहेका छन् । ज.४ प ६४१८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक महतोको साथबाट उक्त पदार्थ र मोटरसाइकलमा सवार यादवको साथबाट उक्त नाइट्राजेपाम फेला पारी पक्राउ गरेको हो । साथै प्र २-०१-००३ प ५२७८ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपलिका-११ त्रिभुवन चोक बस्ने ४० वर्षीय रियाज राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ