११ जेठ , काठमाडौ । कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जानकारी दिनुभएको छ ।उहाँले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिनुभएको हो ।
उहाँले कोरोना संक्रमणको दर सरकारले गरेको अनुमानअनुसार सुधार नभएको, दैनिकरूपमा ८ हजारभन्दा बढी संक्रमित थपिने गरेकै कारण स्वास्थ्य संकटकाल घोषणा गरी सबै शक्ति जनस्वास्थ्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
गतवर्ष भन्दा फरक ढंगले बन्दाबन्दी गरिएको र व्यक्तिहरूको आवत–जावतमा प्रभावकारी नियन्त्रण नभएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृतरूपमा नियन्त्रणमा आउन नसकेको बताउँदै कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नुको विकल्प नरहेको मन्त्री त्रिपाठीले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
This is among the most well-liked games of this type. When you haven’t attempted it but, you’re lacking out! Try this recreation at no cost and find out on your own. You won’t be dissatisfied. Read on maxwin to determine what can make this video game so Distinctive