काठमाडौँ । तारकेश्वर नगरपालिका–४ अन्तर्गत साविक धापासी क्षेत्रमा उच्च भोल्टेज (एचटी) विद्युत् लाइन स्थानान्तरणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम विवादरहित रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले नेपाल विद्युत् प्राधिकरणले अघि बढाउन लागेको कामप्रति खुसी व्यक्त गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणले सेल्स बेरी डिपार्टमेन्ट स्टोरबाट मिल्स बेरी स्कुल जाने बाटोमा चिया कुण्डनजिक रहेको ११ मिटर अग्लो सिमेन्टको पोलदेखि विभिन्न कित्ता नम्बरका जग्गामार्फत गएको उच्च भोल्टेज विद्युत् लाइन स्थानान्तरण गर्ने विषयमा सार्वजनिक सुनुवाइ आयोजना गरेको हो।
करिब २०० मिटर लामो नाङ्गो विद्युत् तार स्थानान्तरण गर्ने प्रस्तावबारे आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, सन्धियार तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइका क्रममा कुनै विवाद उत्पन्न नभएको र स्थानीयले प्रस्तावित कामप्रति सकारात्मक प्रतिक्रिया जनाएको बताइएको छ। यसले विद्युत् लाइन स्थानान्तरणको प्रक्रिया अघि बढाउन सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
स्थानीयको सकारात्मक प्रतिक्रियासहित सार्वजनिक सुनुवाइ सम्पन्न हुनुले पूर्वाधार विकासका काममा स्थानीयको सहभागिता, सहमति र सम्बन्धित निकायबीचको समन्वय महत्त्वपूर्ण हुने सन्देश दिएको छ।
थप अपडेटका लागि हेर्दै रहनुहोस् News24Galaxy!







