- Home
- Showing Post From:-खेलकुद
खेलकुद
अस्ट्रेलियाले दोस्रो तथा अन्तिम टेस्टमा आइतबार बंगलादेश एक इनिङ्स र ५१ रनले पराजित गरेको छ । यससँगै दुई टेस्टको सिरिज १–१ को बराबरीमा टुंगेको छ । पहिलो टेस्ट जितेर सनसनी मच्चाएको बंगलादेशले दोस्रोमा त्यस्तै खेल दोहराउन सकेन् ।
बंगलादेश आफ्नो दोस्रो इनिङ्समा ९५ रनमा अलआउट भएपछि अस्ट्रेलिया ठूलो अन्तरले विजयी रहेको हो । पाहुना टिमका लागि कप्तान नजमुल हुसेनले ३१ र मुसफकिर रहिमले २९ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये माइकल स्टार्कले ३९ रनमा चार विकेट लिए ।
यस्तै प्याट कमिन्स र नथान लियोनले तीन तीन विकेट लिए । अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा …
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट मैदान क्षेत्रमा दर्शक तथा विद्यार्थीमाथि लिइँदै आएको पार्किङ शुल्क आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
एनपीएल सुरु भए देखि कीर्तिपुर विकास समाजको नाममा असुलिँदै आएको शुल्क हटाउन जेनजि अगुवा मदन बहादुर शाहीले गरेको सक्रिय पहल, निरन्तर आवाज र दवाब निर्णायक सिद्ध भएको हो।
शाहीले मनपरी रूपमा भइरहेको शुल्क असुलीले विद्यार्थी तथा सर्वसाधारणमाथि अनावश्यक आर्थिक बोझ परेको भन्दै विरोध जनाएका थिए। उनले सम्बन्धित निकायसँग समन्वय गर्दै शुल्क तत्काल रोक्न माग गरेका थिए।
उनको पहललाई सम्बोधन गर्दै जिम्मेवार निकायहरूले आजदेखि पार्किङ शुल्क संकलन पूर्ण रूपमा रोकिएको औपचारिक घोषणा गरेका छन्। यससँगै …
तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा जेठ ९-११ गते तारकेश्वरस्थित ब्याडमिन्टन क्लब हाउसमा तीन दिने ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
क्षेत्रीय विद्यालयहरूबीच खेलकुद विकास र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा २७ सदस्य विद्यालय मध्ये १४ ले सहभागिता जनाए ।
प्रमुख नतिजा:
– सिनियर छात्रा:- रोजमेरी आइडल बोर्डिङ (प्रथम), स्प्रिङ भ्याली (द्वितीय)
– जुनियर छात्रा: स्प्रिङ भ्याली (प्रथम), जीवन ज्योति (द्वितीय)
– सिनियर ब्वाइज: रोजमेरी आइडल बोर्डिङ (प्रथम), काठमाडौँ शिक्षालय (द्वितीय)
– मिक्स डबल: रोजमेरी (प्रथम), काठमाडौँ शिक्षालय (द्वितीय)
उत्कृष्टता र पुरस्कार:
प्रतियोगिताको समापनमा विजेताहरूलाई शिल्ड, मेडल र प्रमाणपत्रबाट सम्मानित गरियो। जुनियर (१२ वर्षमुनि) र सिनियर (१६ …
सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म हुने भएको छ ।
काठमाडौंमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ-स्पोर्टस गरि ६ खेलकम प्रतिस्पर्धा हुनेछ।
कार्यक्रमको उद्देश्य नव प्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
‘नेपाल युथ गेम्सले देशभरका खेलकुद प्रतिभालाई एकजुट गर्दै दीर्घकालीन विकासको आधारशिला बनाउने उद्देश्य राखेको छ । हामीले १० वर्षे योजना बनाएका छौं ।
यो पहिलो वर्ष भएकाले प्रदेश स्तरबाट मात्रै खेलाडी छनोट गरेका छौं । आगामी वर्षदेखि ७७ वटै …
४ कार्तिक, काठमाडौ । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।
डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेल्दै ५४ बलमा ९४ रन बनाएर नटआउट रहे । यस्तै ओपनर अनिल शाह २५, आशिफ शेख १, गुल्सन झा १९, कप्तान रोहित पौडेल १८, दीपेन्द्र सिंह ऐरी २ र आशिफ शेखले १ रन बनाए । आशिफ १ रनमा रनआउट भए।
अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट …
७ असोज , काठमाडौ । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई १९–० गोलले हराएको हो ।
एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रीति राईले ह्याट्रिक, सबिता राना मगर र कुसुम खतिवडाले समान दुई गोल गरे । यस्तै सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे । एपीएफले दुई गोल आत्मघाती उपहार पायो ।
यो जीतसँगै एपीएफ ८ खेलमा अविजित रहँदै २२ अङ्कका साथ शीर्ष स्थानमा छ । …
१४ भाद्र ,काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघले (क्यान) का अनुसार आईसीसी लिग-२ को तयारीका लागि नेपाली टोली श्रीलंका टूर गर्न लागेको हो ।
नेपालले सेप्टेम्बर २ श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसको भोलिपल्ट पहिलो ओडीआई खेल्नेछ। क्यानका अनुसार एक दिन अभ्यास र अर्को दिन ओडीआई खेल्नेगरी नेपाली टोली श्रीलंका जान लागेको हो ।
नेपालले ८ सेप्टेम्बरमा अन्तिम अभ्यास खेल्नेछ। श्रीलंका टूरपछि नेपाल लिग २ को खेल खेल्न क्यानडा जाने तयारी गरेको छ। क्यानडामा आयोजक र ओमानसँग …
९ भाद्र , काठमाडौ । साफ यु–२०च्याम्पियनसिपको फाइनलमापुग्नआज नेपाल र भुटान भिड्ने
काठमाडौं । काठमाडौंमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमाआजनेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।
ललितपुरको सातदोबाटोस्थितएन्फाकम्प्लेक्सको मैदानमाखेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूह ए का दुवै खेल जितेर विजेताबन्दै सेमिफाइनलमाप्रवेश गरेका हो भने भुटान समूहबी को उपविजेताबन्दै समिफाइनलमापुगेको हो ।
दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीचहुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
भाद्र ८ , काठमाडौ । भारतीय क्रिकेट खेलाडी शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा एउटा भिडियो राख्दै उनले सबै प्रशंसकहरूलाई धन्यवाद दिएका छन् । ३७ वर्षीय खेलाडीले सन् २०१० मा भारतका लागि डेब्यु गरेका थिए ।
आफ्नो १३ वर्षको करियरमा उनले ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० खेलमा भारतको प्रतिनिधित्व गरेका छन् ।







