तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
१ फागुन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज तोलाको एक लाख ६९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो।
गएको मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ।
आज चाँदी प्रतितोला एक हजार नौसय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ३० रुपैयाँ थियो।
गएको …
एक हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२८ पुष ,काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलाकै एक लाख ५३ हजार
५ भदौ , काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, ५२ जना कर्मचारी माग [सूचनासहित]
३२ साउन , काठमाडौ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन माग गरेको छ ।
बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक ३४, सहायक १३ र सहायक सूचना प्रविधि पदका लागि ५ जना माग गरेको हो ।
बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ ।
आगामी भदौ २० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
जुनियर प्रहरीलाई १६ वर्षमा पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा
३१ साउन , काठमाडौ । प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ ।
गृह मन्त्रालयले निर्माणाधीन नयाँ प्रहरी ऐनको मस्यौदामा सो व्यवस्था राख्नुपर्ने प्रस्ताव अर्थको राय लिन पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
जवान र हवलदारलाई १६ वर्षमा र जुनियर अधिकृतलाई १८ वर्षमा पेन्सन दिन ऐनमा व्यवस्था गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव छ । इन्स्पेक्टर र सोभन्दा माथिका सिनियर अधिकृतहरूलाई २० वर्षमा पेन्सन दिनुपर्ने प्रस्तावमा उल्लेख छ ।
प्रहरी ऐनको मस्यौदामा काम गरिरहेका एक जना अधिकृतका अनुसार २०७५ भन्दा अगाडी भर्ना भएका प्रहरी …
नेप्से ३ हजार बिन्दु पार, करिब ३० अर्बको कारोबार
३१ साउन , काठमाडौ । आज शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रूपैयाँको कारोबार भएको हो ।
आज नेप्से परिसूचक पनि ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा रोकियो । १०५ कम्पनीको शेयर मूल्यवृद्धि भएको छ भने, १३७ कम्पनीको घटेको छ ।
आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता खरिदबिक्री भएको छ ।
भने, ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी कम्पनीको शेयर मूल्य …
सरुवा-बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नू : अर्थमन्त्री पौडेल
३० साउन , काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा बढुवाका लागि राष्ट्रसेवकहरूले नेता भेटन् नहुने बताएका छन् ।
सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले सरुवारबढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे ।
सोर्स लगाउने कर्मचारी क्षमताले जतिसुकै सक्षम भएपनि निरीह र कमजोर हुने भन्दै उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।
अर्थमन्त्री पौडेलले भने,‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्क राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु …
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?
३० साउन , काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय …
८ अंकले नेप्से घट्दा २१ अर्बमा खुम्चियो कारोबार
२९ साउन , काठमाडौ । साताके तेस्रो कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्से ८ अंकले घटेको छ।
अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको हो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।
कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
१०८ अंकले बढेको बजारमा कारोबार रकम खुम्चियो
२३ साउन , काठमाडौ । बुधबार शेयर बजार १०८.३५ अंकले बढेको छ । तर कारोबार रकम भने खम्चिएर १७ अर्ब ९५ करोड बढीको कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार) शेयर बजार घट्दा पनि कारोबार रकमले भने ऐतिहासिक रेकर्ड तोडेको थियो ।
उक्त दिन पौने २४ अर्बको शेयर कारोबार भएको छ । बजार २७५९.६७ अंकमा अडिएको छ । आज नौ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
शेयर बजारमा गिरावट आएको भन्दै आजै लगानीकर्ताका संघसंस्थाले बजारविरुद्ध अभिव्यक्ति दिने सांसदको विरुद्ध वक्तव्य नै जारी गरेका थिए । कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा …