नेपाल प्रहरीमा इन्स्पेक्टर र असईको लागि नयाँ भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ ।
आज एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना नियुक्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाइनमार्फत नै दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

सहकर्मीमाथि जबरजस्ती करणीको प्रयास गर्ने रेडियोका स्टेसन म्यानेजर पक्राउ

६ भदौ , काठमाडौ । रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ ।
कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको बताए ।
२३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको विषय छानबिन भईरहको उनले बताए । उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो ।
घटना …

सर्पले डस्नेबित्तिकै झारफुकमा अल्झिँदा एक जनाको मृत्यु

३० साउन , काठमाडौ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो।
सर्पले डसेका एक जनाको अवस्था भने गम्भीर छ । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङ प्रहरीले जनाएको छ। सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको हो ।
गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

डीएसपी दधिराम न्यौपानेको काज सरुवा

१० साउन , काठमाडौ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेको काज सरुवा भएको छ ।
उनको अपराध अनुसन्धान विद्यालय महराजगंज, काठमाडौं काज सरूवा भएको हो । साथै उनलाई बुधबार कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले मायाको चिन्ह प्रदान गरी बिदाइ गरेका थिए ।
सरकार फेरिएपछि प्रहरीमा पनि असर देखिएको छ ।

कावासोतीबाट काठमाडौं आउँदै गरेकाे माइक्रो दुर्घटना

७ साउन , काठमाडौ । चितवनको जलबिरेमा माइक्रो बस दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन ।
आज बिहान नवलपरासी पूर्वको कावासोतीबाट काठमाडौं आउँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रोबस जलबिरेस्थित डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये सहचालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

श्रावन १ ,काठमाडौ । बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
घाइते थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो ।

मानवबेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

३० असार ,काठमाडौ । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् ।
जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै चेतना जागृत गर्नुपर्ने बताइन् । “गरिबी र अर्थाभावको फाइदा उठाएर महिलालाई ललाइफकाई गर्नेविरुद्ध सचेत हुन जरुरी छ”, देवीसारले भनिन्, “आर्थिक रूपमा कमजोर महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।”
स्थानीय ज्ञानु स्वर्णकारले …

लुम्बिनी प्रदेश मन्त्रालयहरू डुबानमा

२२ असार , काठमाडौ । अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् ।
दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको पुनले बताए ।
राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन । जसले गर्दा समस्या आएरहेको छ । दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ …

विद्यार्थीलाई सम्मान गर्न आज बुटवल जादै एमाले अध्यक्ष ओली

२० असार , काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जादैछन् ।
रुपन्देहीका एक हजारभन्दा बढी एसईईमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा अन्तरक्रिया गर्न ओली बुटवल आउन लागेका हुन् ।
ओलीसहितका नेताहरूको बिहान साढे १० बजे यति एयरबाट बुटवल आउने बताइएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३‍‍ दशमलव ६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एक ठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।
दिउँसो साढे १२ बजे हुने कार्यक्रममा …

खोलाले बगाउँदा एक महिलाको मृत्यु

१९ असार , काठमाडौ । यहाँको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई आज खोलाले बगाउँदा मृत्यु भएको हो ।
गुरुङको शव परीक्षणका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन् । खोलामा एक्कासी आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

You Missed

मेयर बालेनका समर्थकहरु चार घण्टापछि रिहा
लागूऔषध नियन्त्रण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो : आईजीपी कुँवर
अनेरास्वयुका अध्यक्ष बडालको आरोप – बालेनले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेँ
प्रहरीको २६ सय ६० वटै युनिटमा छैन एचआइभी संक्रमित राख्ने छुट्टै हिरासत कक्ष
सहकारी ठगीमा रविलाई कारबाही गर्न संसदीय समितिको सिफारिस
सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने
नक्कली नोटसहित भक्तपुरको ठिमीबाट एक जना पक्राउ

Primary Color

Secondary Color

Layout Mode