Comments Add Comment

Advertisment

SKIP THIS

एसपी गोविन्द पुरीको विशेष पहलमा‌ माडी र भण्डारा प्रहरीले पनि मुद्दा चलाउन अधिकार पाए

काठमाडौँ: अबदेखि इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय माडीबाट समेत अपराध अनुसन्धान तथा कारबाही हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्दपुरीको विशेष पहलमा नेपाल प्रहरी प्रधान कार्यालयले मुद्दा दर्तासहित अनुसन्धान अधिकारको अनुमति दिएको हो ।

एसपी गोविन्द पुरीका अनुसार साउन १ गतेबाट लागू हुने गरी यी दुई इलाका प्रहरी कार्यालयबाट मुद्दा दर्ता हुँदा आफ्नो कार्यक्षेत्रभित्र पर्ने वडाहरूमा घटेका आपराधिक घटनाहरूको उजुरी दर्ता, अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सक्ने अधिकार प्राप्त गरेको बताए ।

प्रहरी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने यो पहलमार्फत जनताले सजिलै, छिटो, प्रभावकारी सेवा लिन सक्ने र कानुनी राज्यको अवधारणाअनुसार शान्ति, सुव्यवस्था र सुरक्षाको सुनिश्चितता गर्दै जिम्मेवार र व्यावसायिक प्रहरी प्रणालीको विकास गर्नु यो विस्तारको मुख्य उद्देश्य रहेको एसपी पुरीले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत इकाइहरुको वडा एरियामा भएका तथा हुने अपराधको रोकथाम एवं प्रभावकारी अनुसन्धान गर्ने प्रयोजनार्थ दुई ठाउँ थप भएको हो’, एसपी पुरीले भने । यसअघि जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय मुग्लिन गरी चार स्थानबाट अपराध अनुसन्धान तथा कारबाही हुँदै आएको थियो ।

इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय माडीबाट समेत अपराध अनुसन्धान तथा कारबाहीको सेवा विस्तार गरी प्रहरी पहुँचलाई विस्तार, सर्वसुलभ एवं विकेन्द्रित गरी जनताको घरदैलोमा प्रहरी सेवा पु¥याउने उद्देश्यले भएको प्रयास एवं अनुरोधस्वरुप अनुमति प्राप्त भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै