२६ साउन , काठमाडौं । निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् ।
आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।







