Comments Add Comment

Advertisment

SKIP THIS

कर्णाली

List Grid
डिएसपी दिनेश घिमिरेको दुई सय ३औं कविता : कसले पढला मलाई

कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …

डिएसपी दिनेश घिमिरेको दुई सय औं कविता : शुभकामना दिपावलीको

अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

काठमाडौँ प्रहरीद्वारा तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने …

एसएसपी नवराज अधिकारीद्वारा प्रहरी कर्मचारीलाई रिफ्रेस बनाउन सिनेमाको टिकटदेखि हाइकिङसम्म

काठमाडौं । जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि एसएसपी नबराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई बिहीबार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने …

इन्स्पेक्टर प्रतीक सिंह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक प्रतीक सिंहलाई घोषण गरेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख इन्सपेक्टर प्रतिक सिंहलाई उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेका छन्।
इन्सपेक्टर प्रतिक सिंहले डुम्रे बजारमा सुन चाँदीका गरगहना चोरी गरेर मुग्लिङ बजारमा लुकेर बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई अन्दाजी मूल्य रु २२ लाख बराबरको सुनको गरगहना र धनमाल फेला पारेर अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय आबुखैरेनी पठाएको, एकै पटक ३ स्थानमा घोप्टे भिर, पानीधारा र रिद्दीखोलामा पहिरो खसी सडक आवत जावत बन्द भएको अवस्थामा …

बढी बिल्डर कविराज कटुवाल अनुचित लेनदेन मुद्दामा पक्राउ

बढी बिल्डर कविराज कटुवाल अनुचित लेनदेन मुद्दामा पक्राउ
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौँ जिल्ला सुकेधारा बस्ने अन्दाजी वर्ष ३४ का कविराज कटुवाललाई प्रहरीले हेटौडाबाट पक्राउ गरेको छ।
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौडाको एरियाबाट पक्राउ गरेको हो ।

एसपी गोविन्द पुरीको विशेष पहलमा‌ माडी र भण्डारा प्रहरीले पनि मुद्दा चलाउन अधिकार पाए

काठमाडौँ: अबदेखि इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय माडीबाट समेत अपराध अनुसन्धान तथा कारबाही हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्दपुरीको विशेष पहलमा नेपाल प्रहरी प्रधान कार्यालयले मुद्दा दर्तासहित अनुसन्धान अधिकारको अनुमति दिएको हो ।
एसपी गोविन्द पुरीका अनुसार साउन १ गतेबाट लागू हुने गरी यी दुई इलाका प्रहरी कार्यालयबाट मुद्दा दर्ता हुँदा आफ्नो कार्यक्षेत्रभित्र पर्ने वडाहरूमा घटेका आपराधिक घटनाहरूको उजुरी दर्ता, अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सक्ने अधिकार प्राप्त गरेको बताए ।
प्रहरी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने यो पहलमार्फत जनताले सजिलै, छिटो, प्रभावकारी …

सीमा अपराध, तस्करी पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्ने डिआईजी चतुर्वेदीको निर्देशन

काठमाडौँ: मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
डिआईजी चतुर्वेदीले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के-कस्ता काम भए; यसको जवाफ मधेश प्रदेश प्रहरी कार्यालयले खोज्ने बताउनुभयो ।
नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालय प्रमुख …

डिएसपी दिनेश घिमिरेको एक सय ९२औं कविता : जीवन दृष्टि

कथाहरू भित्र छ जीवन
यात्राहरू भित्र छ जीवन
कसैले होसमा बुझ्दछन्
कसैले बेहोसीमा बुझ्दछन्।
सुरूवात गर्नुमा छ जीवन
अन्त तय गर्नुमा छ जीवन
कसैले सुरूवातमै बुझ्दछन्
कसैले अन्तमा बुझ्दछन्।।
बुझाईको दौडमा जीवन
अनुभव भित्र छ जीवन
कसैले सजिलै बुझ्दछन्
कसैले कठिन बुझ्दछन्।।
जसले जसरी बुझे पनि
जसले जसरी हेरे पनि
जीवनलाई अधुरै बुझ्दछन्
कथाहरूलाई अधुरै बुझ्दछन्।।
कसैले जीवन जित देख्दछन्
कसैले जीवन हार देख्दछन्
दौडहरूमा जीवन दृष्टि फरक छ
कथाहरूमा जीवन कहानी फरक छ।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।