Comments Add Comment

Advertisment

SKIP THIS

इन्स्पेक्टर प्रतीक सिंह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक प्रतीक सिंहलाई घोषण गरेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख इन्सपेक्टर प्रतिक सिंहलाई उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेका छन्।

इन्सपेक्टर प्रतिक सिंहले डुम्रे बजारमा सुन चाँदीका गरगहना चोरी गरेर मुग्लिङ बजारमा लुकेर बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई अन्दाजी मूल्य रु २२ लाख बराबरको सुनको गरगहना र धनमाल फेला पारेर अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय आबुखैरेनी पठाएको, एकै पटक ३ स्थानमा घोप्टे भिर, पानीधारा र रिद्दीखोलामा पहिरो खसी सडक आवत जावत बन्द भएको अवस्थामा सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रहरी परिचालन गरी ट्राफिक व्यवस्थापन मिलाई समयमा नै बाटो सुचारु गरेको, चितवन इच्छाकामना गाउँपालिका वडा नं.५, ३ नम्बर पुलबाट मानसिक सन्तुलन ठिक नभएको महिलाले आत्महत्या गर्ने प्रयास गरेको हुँदा निजलाई उद्दार गरी सम्बन्धीत आफन्तको जिम्मा लगाई पठाइएको र सुख्खा पहिरो आई मुग्लिङ नारायणगढ सडक खण्डको बिभिन्न स्थानहरूमा सडक अवरुद्ध हुँदा आवश्यक समन्वय गरी उक्त पहिरो हटाइ सडक सुचारु गर्न सफल भएको थिए ।

सङ्गठनको नीति निर्देशन अनुसार दिइएको जिम्मेवारी वफादारी लगनशील र अनुशासित भई प्रशंसनीय एवं उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गरेका उनलाई उक्त महिनाका उत्कृष्ट प्रहरी घोषण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्पादित उत्कृष्ट कार्यको कदर स्वरुप ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्ने अभिप्रायले तयार पारिएको ‘उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७’ बमोजिम उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै