- Home
- Showing Post From:-अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय
काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुण पौडेलले पदभार ग्रहण गरेका छन् । नेपाल सरकार तथा गृह मन्त्रीस्तरीय निर्णयानुसार पौडेलको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।
बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई गएका प्रहरी नायब महानिरीक्षक पौडेललाई प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जवानहरुले बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरेका थिए ।
पदभार गरेपछि प्रदेश प्रहरी प्रमुख पौडेलले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ …
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मकवानपुरगढी, मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले बताए ।
सोमबार बिहान अन्दाजी १०ः०० बजेको समयमा हेटौंडा–१० बसपार्कमा लागुऔषध गाजा ओसारप्रसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाजा बरामद गरेको हो ।
एसपी खड्काले बताए अनुसार उहाँले गाडीको …
काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् ।
बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।
एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए ।
दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत …
(ईश्वर दुलाल) काठमाडौं – नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने, उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको आईजीपी दीपक थापाले बताएका छन ।
जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार ‘नेपाल प्रहरी’को प्रमुखका हैसियतले जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै थापाले प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्याउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
देश र जनताको शान्ति …
रंङ्गहरु जस्तै रंगिन बनुन जीवन
उठोस बिबेकमा उत्साहका रंगहरू
कोही कसैमा बिभेद नरहुन कतै
सबैमा सबैप्रति समभाँब रहोस्।।
जीवन सबैको लागि जित बनोस्
रंङ्गहरु सबैलाई एकै गित बनोस्
शत्रुजन्य बिचारहरु असत्यमै मरून
सबैलाई सेबाको भावना जागोस्।।
सुरक्षित फुलुन कोपिलाहरू यहाँ
सुगन्धित बनोस् जीवनका पलहरु
सुकेर जाँउन आखाँहरूमा आँशु
खुशीनै खुशीका आशाहरू पलाँउन्।।
रंङ्गहरुमा जीवन परिवर्तनको भान होस्
रंङ्गहरुमा जीवन शैली अतिरन्जित बनुन
भूलुन ब्यथाहरू आफ्नै आँखाको रंङ्गहरुमा
शुभकामना छ शुभकामना पर्व रंङ्गहरूको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
नेपाल प्रहरी श्रीमतीद्वारा आयोजित ११५ औं अन्तराष्ट्रिय नारी (महिला) दिवासको अवसरमा देशभरबाट १९ (उन्नाईस) जना उत्कृष्ट महिला प्रहरी कर्मचारी छनौट गरी सम्मान कदर-पत्र तथा दोसल्लाले सम्मान l
प्रहरी संगठनमा कार्यरत रही विभागिय नीति निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भई जिम्मेवारीपूर्ण तवरले उच्च मनोबलका साथ संगठनको श्रीवृद्धिका लागि अपराध अनुसन्धान तथा शान्ति सुरक्षा अमनचयन / जनचेतना / कार्यालयको अभिलेखीकरणमा उल्लेख्य कार्य सम्पादन गर्नु भएको हुँदा अन्तर्राष्ट्रिय नारी (महिला) दिवसको अवसरमा उहाँहरुले संगठनमा पुर्याउनु भएको योगदानको सम्मान स्वरुप यो कदर-पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष लक्ष्मी कुँवरले …
मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ बाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धीरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एक राउन्ड गोली लोड भएको नाै एमएमको अटोमेटिक पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप दुई थान गोली बरामद गरेको उनले …
१० फाल्गुन ,काठमाडौ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्वशिक्षक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
महाकुम्भ स्नानका लागि भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको ज्यान गएको हो। उनी ईश्वरपुर नगरपालिका–३, भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए।
ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर भएका सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बस्दै आएका थिए। श्रीमती र अन्य आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परे पनि अन्य सबै सकुशल रहेको पारिवारिक स्रोतले जनाएको छ।
नगर प्रमुख मनोजकुमार आचार्यले …