नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको

रंङ्गहरु जस्तै रंगिन बनुन जीवन
उठोस बिबेकमा उत्साहका रंगहरू
कोही कसैमा बिभेद नरहुन कतै
सबैमा सबैप्रति समभाँब रहोस्।।
जीवन सबैको लागि जित बनोस्
रंङ्गहरु सबैलाई एकै गित बनोस्
शत्रुजन्य बिचारहरु असत्यमै मरून
सबैलाई सेबाको भावना जागोस्।।
सुरक्षित फुलुन कोपिलाहरू यहाँ
सुगन्धित बनोस् जीवनका पलहरु
सुकेर जाँउन आखाँहरूमा आँशु
खुशीनै खुशीका आशाहरू पलाँउन्।।
रंङ्गहरुमा जीवन परिवर्तनको भान होस्
रंङ्गहरुमा जीवन शैली अतिरन्जित बनुन
भूलुन ब्यथाहरू आफ्नै आँखाको रंङ्गहरुमा
शुभकामना छ शुभकामना पर्व रंङ्गहरूको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

करोडौँ ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले कल्पना गैरेलाई पक्राउ

काठमाडौं । व्यापारीको भेषमा विभिन्न बहाना बनाएर करोडौँ ठगी गर्ने गिरोहकि एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पा जिल्ला साविक चिर्तुङधारा गा.बि.स. वडा नं. ९ भई हाल कैलाली जिल्ला धनगढी उप.न.पा वडा नं. १ सेती अस्पताल नजिक बस्ने बर्ष ३९ की कल्पना गैरे रहेकी छिन् ।
उनले एक व्यक्तिलाई विभिन्न बहाना बनाएर करोडौँ रुपैयाँ ठगेको भन्ने जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बानेश्वरको गैरीगाउँबाट उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्दै गणेश ढकालको जाहेरीले वादी नेपाल …

पर्वत जिल्लाका डिएसपी रविन बिष्ट गण्डकी प्रदेश भरिबाटै उत्कृष्ट प्रहरी घोषित

काठमाडौं : जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिन बिष्ट माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेश कार्यालय पोखराले माघ महिनाका लागि बिष्टलाई ‘पुलिस अफ दी मन्थ’ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।
डिएसपी बिष्टले सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दार, बफादार, कर्तव्यनिष्ठ भइ उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कर्तब्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ११ दिन कैदको फैसला भई बिगत २७ वर्षदेखी फरार रहेकी १ जना महिला, सरकारी छाप किर्ते …

नागरिकलाई सुरक्षाको प्रत्याभुती हुनेगरी दत्तचित्त भएर सेवामा समर्पित रहन एसएसपी अधिकारीको निर्देशन

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी‌ विश्व अधिकारीबाट प्रहरी वृत्त, सिंहदरबारको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्नः
निर्देशनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख एसएसपी‌ विश्व अधिकारीले प्रहरी वृत्त सिंहदरबारको कार्यक्षेत्र अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भएकोले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।
समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउनको लागि सबै प्रहरी कर्मचारीहरूले निरन्तर मेहनत, इमान्दारिता र व्यवसायीक निष्ठापूर्वक समर्पण भावका साथ कानुन बमोजिम प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
प्रहरी राज्यको Visible निकायका रूपमा समाजमा सेवा गर्ने संगठन भएको र नागरिकहरूले प्रहरीलाई न्याय, शान्ति र सुरक्षाको प्रतीकको रूपमा …

नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त, कीर्तिपुरको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नव-निर्मित कार्यालय भवनको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा प्रहरी कर्मचारीलाई सकरात्मक उर्जा प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो ।
नेपाल प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अपराध अनुसन्धान भएकाले प्रहरी कर्मचारीले नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरि गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो । …

एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक

काठमाडौँ: काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर आइतबार साँझ प्रहरीले २३ जनालाई पक्राउ गर्न सफल रहेका छन् ।
रातभरिको अपरेशन पछि उनीहरुलाई समातिएको एसएसपी अधिकारीले बताए । अपरेशन पछि फन्दामा परेका अधिकांश भारतिय नागरिक भएको खुलेको छ । उनीहरूका साथबाट ८८ थान मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ बरामद गरिएको अधिकारीले जानकारी दिए ।
भारतीयले सञ्चालन गरेको अनलाइन अखडामा नेपाल प्रहरीले छापा मारेको यो पहिलोपटक हो । चिनियाँ नागरिकका यस्ता कार्यालयमा भने विगतमा प्रहरीले छापा मारेको थियो …

अपराध नियन्त्रण, शान्तिसुरक्षाको लागी कुनै प्रकारको सम्झौता हुदैन: एसपी रामेश्वर कार्की

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले जिल्लाको कमाण्ड सम्हालेसँगै जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन्।
सिन्धुपाल्चोक जिल्लाको प्रहरी प्रमुखमा पदबहाल भएसँगै एसपी रामेश्वर कार्कीले पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन् । अपराध र अपराधीक गतिविधिलाई जरैदेखी उखल्ने सक्ने साहस भएका एसपी कार्की कानुन कार्यन्वयन, विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने उनी बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् ।
एसपी कार्कीले सिन्धुपाल्चोक जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा …

रोल्पा पुगेर प्रहरी काम कारवाहीमा कडा रुपमा प्रस्तुत हुन डीआइजी दान कार्कीकाे निर्देशन

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारी, विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण तथा अवलकोन गर्नुभएको छ ।
निरिक्षणको शिलशिलमामा जिल्ला प्रहरी कार्यालय रोल्पा पुग्नुभएका डीआइजी दानबहादुर कार्कीले भौगोलिक विकटता र हिमाली भु-भागका कारण प्रहरी सेवा प्रवाहमा कठिनाई रहेता पनि नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने बताउँदै उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई आत्मसाथ गर्दै जनतालाई नै केन्द्रविन्दूमा राखी कार्य सम्पादन गर्न गराउन रोल्पा स्थित कार्यरत प्ररही कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
साथै प्रहरी कर्मचारीहरुले …

एसएसपी विश्व अधिकारीले जिल्लावासीको शान्ति सूरक्षामा चौबिसै घण्टा क्रियाशील रहन निर्देशन

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले समग्र जिल्लावासीमा शान्ति सूरक्षाको प्रत्याभूती र अनुभूती गराउन चौबिसै घण्टा कुनै कसर बाँकी नराखी क्रियाशील रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार परिसर पुगेर पदभार ग्रहण गरी परिसरका सिनियर प्रहरी अधिकृत तथा मातहत वृत्त, प्रभागहरुका ईन्चार्जहरुसंग परिचयात्मक अन्तरक्रिया गरी एसएसपी अधिकारीले आवश्यक निर्देशन दिएका हुन् ।
एसएसपी अधिकारीले नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको बहुआयामिक कार्यक्षेत्रभित्र मूलभूत रुपमा अपराधको प्रभावकारी रोकथाम तथा अपराधको सफल अनुसन्धानको माध्यमबाट क्रियाशिल रहन निर्देशित गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षकको …

उत्कृष्ट काम गरेर पर्साबासीको मन जितेका एसपी कुमोद ढुंगेलको भव्यताका साथ पर्साबाट विदाई

वीरगन्ज । ११ महिना अगाडीदेखि पर्सा प्रहरीको कमाण्ड सम्हाल्दै आएका पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल पर्साबाट काठमाडौंको लागी बिदा भएका छन् । आक्रामक पुलिसिङको माध्यमबाट तस्करी नियन्त्रण र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै पर्साबासी जनताको मन जित्न सफल भएका ढुङ्गेल आज पर्साबाट बिदा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमा आज आयोजित बिदाई कार्यक्रममा बोल्दै एसपी ढुंगेलले पर्साबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिएका थिए ।
एसपी कुमोद ढुंगेल अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो …

You Missed

टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको
११५ औं नारी दिवसको अवसरमा प्रहरी श्रीमती संघद्वारा उत्कृष्ट १९ जना महिला प्रहरीलाई सम्मान

Primary Color

Secondary Color

Layout Mode