काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक दरवन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान कपिल घिमिरे असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्दपुरीका अनुसार विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै उनलाई सर्वोत्कृष्ट प्रहर घोषणा गरिएको हो ।
यसै गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य समेत गरेकोले प्रहरी जवान कपिल घिमिरे BEST POLICE OF THE MONTH घोषित भएका हुन ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको एसपी गोविन्द पुरीले बताए ।






