- Home
- Showing Post From:-मनाेरञ्जन
मनाेरञ्जन
काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुण पौडेलले पदभार ग्रहण गरेका छन् । नेपाल सरकार तथा गृह मन्त्रीस्तरीय निर्णयानुसार पौडेलको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।
बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई गएका प्रहरी नायब महानिरीक्षक पौडेललाई प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जवानहरुले बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरेका थिए ।
पदभार गरेपछि प्रदेश प्रहरी प्रमुख पौडेलले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ …
बैशाख १४, काठमाडौ ।नयाँ नेपाली शिरियल ”मुल घर” ले प्रदर्शन सुरु गरेसँगै छोटो समयमै दर्शकहरूको मन जित्न सफल भएको छ । स्वानिका बास्तोलाको निर्देशनमा बनेको यस शिरियलमा धेरै प्रतिभाशाली कलाकारहरूको सहभागिता रहेको छ ।
मुल घरले गाउँको घर, परिवार र परिवेशलाई आधार बनाएर एउटा मार्मिक कथा प्रस्तुत गरेको छ । यसको कथावस्तु, चरित्र चित्रण, र दृश्य संयोजनले छोटो समयमै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । निर्देशक बास्तोलाले यस शिरियलमा नेपाली समाजको परम्परागत मूल्यहरूलाई समकालीन शैलीमा प्रस्तुत गरेकी छन्।
यस शिरियलका प्रमुख कलाकारहरूले आ–आफ्नो भूमिकामा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्, जसले गर्दा …
बैशाख १४, काठमाडौ । आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ आज सार्वजनिक गरिएको छ ।
आइतबार दिउँसो ३ः१५ बजे युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
गीतमा शब्द र संगीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन् ।
भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन्। साथै, बाल कलाकार दीप्शिका …
५ बैशाख, काठमाडौ । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ ।
चर्चित गायक राजेशपायल राईले स्वर दिएको गीतमा शब्द तथा संगीत महामन्त्री शर्माले दिएका छन् । ‘महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने, ‘बिगुल’ मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ ।
कुशल राजनीतिज्ञका साथै गीत संगीतमा समेत निकै दख्खल राख्ने विश्वप्रकाश …
आकास हेरेर सपना बुनेँ सपनामा कुदिरहेँ
धर्तीमा हेरेर जाँलहरू बुनेँ आफै फसीरहेँ
आफ्नै संसारमा अनिकाल सृजना गरेँ
बिकृति अस्वभाबहरूमा माया म बिकेँ ।।
समय हेरेर सम्बन्ध गासेँ सम्बन्धमा हिडिरहेँ
सम्बन्धले आफ्नै ब्यथाहरूको कथा खोजिरह्यो
आफ्नै संसारमा एकांक कथा सृजना गरेँ
आफ्नै ब्यथाका कथाहरूमा माया म बिकेँ।।
बिश्वास हेरेर बिचार बनाए बिश्वासमा
हिडिरहेँ
बिश्वासकोअर्थ हरायो बिचारमा बिश्वास खोजिरहेँ
अनि आफ्नै बिचलित बिचारमा बिश्वास बनाएँ
आफ्नैं बिश्वासको विचारमा माया म बिकेँ।।
नियति बुझेर यथार्थ हेरे समयमा हिडिरहेँ
नियतिको नियतहरायो यथार्थतामा खोजिरहेँ
अनि संकै संकाको पहाडमा यथार्थ बनाएँ
आफ्नै आँखाको रंङ्गहरुमा माया म बिकेँ।।
बिश्वस छैन कथाहरूमा पात्र बन्ने बाध्यता छ
रहर छैन कथाहरूमा ईच्छा बन्ने बाध्यता छ
आफैलाई बेचेर खुशीहरू लिलाम …
रंङ्गहरु जस्तै रंगिन बनुन जीवन
उठोस बिबेकमा उत्साहका रंगहरू
कोही कसैमा बिभेद नरहुन कतै
सबैमा सबैप्रति समभाँब रहोस्।।
जीवन सबैको लागि जित बनोस्
रंङ्गहरु सबैलाई एकै गित बनोस्
शत्रुजन्य बिचारहरु असत्यमै मरून
सबैलाई सेबाको भावना जागोस्।।
सुरक्षित फुलुन कोपिलाहरू यहाँ
सुगन्धित बनोस् जीवनका पलहरु
सुकेर जाँउन आखाँहरूमा आँशु
खुशीनै खुशीका आशाहरू पलाँउन्।।
रंङ्गहरुमा जीवन परिवर्तनको भान होस्
रंङ्गहरुमा जीवन शैली अतिरन्जित बनुन
भूलुन ब्यथाहरू आफ्नै आँखाको रंङ्गहरुमा
शुभकामना छ शुभकामना पर्व रंङ्गहरूको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
आफैलाई भुलाईदिन्छु भावनामा घुमाएँर
आफैलाई बगाईदिन्छु आँशुहरू बनाएर
बिश्बासका घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
दिनहरूमा झुट्टासपना बोक्ने बानिपरिसक्यो
रातहरूमा कल्पीकन बाँच्ने बाँनी परिसक्यो
सत्यताको घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
सम्बन्धमा खोट देख्ने आँदत राम्रै बसिसक्यो
चलन भित्र चल्नुमा स्वार्थ आफ्नै बनिसक्यो
अपनत्वको घेराहरू आफैले बिगारिसकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
कस्तोप्रकारको खोटआयोआफैलाई वगाँउने
आफैमाथि बिश्वास नहुने बिचारमा हिडनुपर्ने
गलत हो जान्दा जान्दै विवसतलाई स्विकारी सकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
प्रेम केहोआर्कषण केको ब्यथाभित्रभिन्न छन्
बिबेक केहो बिश्वास केहो कथाभित्र भिन्न छन्
परिभाषा भिन्न ब्याख्या भित्र अबस्थामा मिलीसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
मैले न प्रशंसा खोजे न त प्रचार
मनका रहेका दुईचार शब्दहरूमा
अलिकति आफ्नै कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
अलिकति आफ्नै कथाहरूमा
मनमा रहेका दुईचार भाँवनाहरूले
आफ्नै रंगहरूमा कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
आकारमा रहेका जलनहरूमा
मनमा रहेका दुईचार बिचारले
आफनै जीवनका कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
दिनको राँपले बनाएका राँगहरूमा
मनमा रहेका दुईचार आँशाहरूले
आफ्नै जीवनमा अनुभूति भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
मैले न कथा लेखे न कुनै कबिता
मनमा रहेका दुईचार भाँबहरूले
आफ्नै आखाँहरूमा बिश्वास भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
जीवन शैलीमा आफ्नै अनुभवहरूको
संग्रहमा रहेका दुईचार कहानीहरूले
आफ्नै ब्यथाहरूमा शब्दहरू भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
तस्बिर भुल्न खोज्छु अनुहार अगाडी आँउछ
माया भूल्न खोज्छु संझना अगाडी आँउछ
नाता भूल्न खोज्छु सम्बन्ध अगाडी आँउछ।
दिनलाई भुल्न खोज्छु रात अगाडी आँउछ
संझना भुल्न खोज्छु बिगत अगाडी आँउछ
आँशु भुल्न खोज्छु सपना अगाडी आँउछ।
आफैलाई भूल्न खोज्छु कर्तब्य अगाडी आँउछ
नाता निभाउन खोज्छु स्वार्थ अगाडी आँउछ
जीवन सजाँउन खोज्छु निराशा अगाडी आँउछ।
मित्र बनाउन खोज्छु शत्रु अगाडी आँउछ
गाँथा वनाँउन खोज्छु ब्यथा अगाडी आँउछ
आफैलाई बुझाँउन खोज्छु प्रश्नहरू अगाडी आँउछ।
साँझलाई बिताँउन खोज्छु दिनले बिझाईरहन्छ
बिगतलाई बिर्सन खोज्छु बर्तमानले गिज्याँइरहन्छ
खुशीलाई सगाँल्न खोज्छु दु:ख जीवनको गति बनिदिन्छ।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।