Comments Add Comment

Advertisment

SKIP THIS

गण्डकी

List Grid
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्तिलाई काठमाडौँ प्रहरीले पक्राउ

काठमाडौंको बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ परेका छन् । बनस्थलीस्थि विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस चोर्ने स्याङ्जाका सुदीप थापा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार स्याङ्जा, बिरुवा गाउँपालिका १ घर भई बनस्थली बस्दै आएका १९ वर्षीय थापा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा उनलाई पक्राउ परिएको एसपी बोहराले बताए । थापालाई चोरीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीद्वारा युवतीको बलात्कारपछि हत्या गर्ने भारतीय भूपू सैनिकलाई पक्राउ

काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए।
गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।

डिआईजी अरुण पौडेलले सम्हाले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुण पौडेलले पदभार ग्रहण गरेका छन् । नेपाल सरकार तथा गृह मन्त्रीस्तरीय निर्णयानुसार पौडेलको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।
बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई गएका प्रहरी नायब महानिरीक्षक पौडेललाई प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जवानहरुले बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरेका थिए ।
पदभार गरेपछि प्रदेश प्रहरी प्रमुख पौडेलले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ …

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर बहादुर बि.कद्वारा पदभार ग्रहण

प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.कले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशले सरुवा भएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको हो ।
उक्त पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा …

डिआईजी दिनेश आचार्यद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

काठमाडौँ : प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।
स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभयो ।

एसएसपी रमेश थापाले पाए नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एसपी राणाले कैलाली प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले : अपराध नियन्त्रण पहिलो प्राथमिकता

प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले कैलाली प्रहरीको जिम्मेवारी सम्हालेका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा सरुवा भएका राणाले मंगलबार जिम्मेवारी सम्हालेका हुन् ।
उनलाई निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकी, प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहलगायतले स्वागत गरेका थिए ।
एसपी राणाले एक औपचारिक समारोहबीच पदभार ग्रहण गर्नुभएको हो। राणाले आफू जनतामैत्री, पारदर्शी र कडाइका साथ कार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “कैलाली सुदूरपश्चिमको राजधानी भएकाले यस जिल्लालाई हरेक हिसाबले नमूना बनाउन म उत्कृष्ट प्रयास गर्नेछु।हामी नागरिकका प्रहरी …

काठमाडौँ प्रहरीद्वारा एक करोड ५० लाख जरिवाना‌मा फरार रहेका अमित अग्रवाललाई पक्राउ

काठमाडौँ: अदालतबाट दोषी ठहर भएपछि फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो।
काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए।
उनलाई पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइसकेको पनि एसपी बोहराले बताए।
२०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ …

वडाध्यक्ष शरण श्रेष्ठको नेतृत्वमा सहिदलखन गाउँपालिका वडा ७ दोस्रो पटक उत्कृष्ट वडा घोषित

सहिदलखन गाउँपालिका वडा नम्बर ७ लगातार दोस्रो पटक उत्कृष्ट वडा घोषित भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ का सम्पूर्ण भौतिक पूर्वाधार निर्माण योजनाहरू माघ महिनाभित्रै सम्पन्न गर्दै प्रभावकारी सेवा प्रवाहमा अग्रस्थानमा देखिएको सो वडालाई गाउँपालिकाले उत्कृष्टको रूपमा छनोट गरेको हो।
गत वर्षदेखि सुरु भएको नौलो अभ्यास निरन्तर छ । ‘राम्रो काम होस् र समयमा सकियोस् भनेर यस्तो व्यवस्था गरिएको हो,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘काम गर्ने क्रममा यसले प्रतिश्पर्धा बढाएको छ । कामको रफ्तार बढेको छ ।’
यही कार्यविधि कार्यान्वयनमा आएपछि शहिद लखनका सबै वडाले आर्थिक वर्ष नसकिँदै काम सिध्याउन थालेका …