- Home
- Showing Post From:-समाचार
समाचार
गैँडाकोट नगरपालिका –१२, हर्कपुरस्थित दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ६:५० बजेको समयमा गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । दुर्घटना परी घाइते हुनेहरूको नामावली निम्नानुसार रहेकाे छ:
लु २ ख ६४५७ नं.को बसमा सवार:-
१.जिल्ला कालिकोट तिलागुफा न.पा. -०३ बस्ने वर्ष अं. ३६ को धनमान हमाल, (पुरानो …
इलामको फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मङ्गलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको हो । दुर्घटना लगत्तै अटोबाट पेट्रोल लिक भएर आगलागी भएको थियो।
दुर्घटनामा अटो चालक फाकफोकथुम गाउँपालिका ६ पोखरी बजारका ३५ वर्षीय लोकबहादुर श्रेष्ठ, इलाम नगरपालिका ७ तिल्केनीकी २७ वर्षीया कविता श्रेष्ठ र उनकी आठ वर्षीया छोरी खुसिका श्रेष्ठ गम्भीर घाइते भएका छन् । फाकफोकथुम ६ हाङ्मासुली माइती भएकी कविता घर फर्कने क्रममा दुर्घटनामा परेकी हुन्।
दुर्घटनामा …
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्युवरण गरेका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको निवासमा परिवारजनसँग भेटगरी समवेदना प्रकट गरेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
महानिरीक्षक पौडेलले बाढीमा परी बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेटगरी सहानुभूति व्यक्त गरेका छन् । उनले आशिषलगायत बेपत्ता सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धारमा लागिरहेको स्पष्ट पारे । रसुवा बाढीमा परी सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका थिए ।
रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक छन् । त्यस्तै ४२८ वटा आंशिक अंग तथा ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ।
खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, बाटो खुलाउने तथा शव व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म ७८७ …
काठमाडौं । देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीपछि हजारौं नेपाली नागरिक पीडा र संकटमा परेका छन्।
कसैले आफ्नो घर गुमाएका छन्, कसैले जीवनभरको कमाइ गुमाएका छन् भने कतिपयले आफ्नै परिवारका सदस्यसमेत गुमाउनुपरेको छ।
रसुवा लगायतका बाढी प्रभावित क्षेत्रका धेरै परिवार अहिले निकै कठिन अवस्थामा छन्।
बाढीले घर, सम्पत्ति र आवश्यक सामग्री बगाएपछि कतिपय परिवार राहत र सहयोगको प्रतीक्षामा छन्। साना बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन्।
एकातिर बाढीपीडितहरू सुरक्षित बसोबास, खाना र आवश्यक सामग्रीको अभावमा कठिन समय बिताइरहेका छन् भने अर्कोतर्फ देशका विभिन्न ठाउँमा जनैपूर्णिमा तथा नजिकिँदै गरेको तीजका अवसरमा चाडपर्वको रौनक पनि देखिन थालेको …
रसुवाको टिमुरेमा आएको बाढीबाट ज्यान जोगाउन सफल भएकाहरूको भिडियो मार्फत अवस्थाको विषयमा जानकारी आउन थालेको छ।
बिहान रसुवामा आएको बाढीको वितण्डाबाट जोगिएका स्थानीय सञ्जीव श्रेष्ठ र प्रहरी सहायक हवल्दार तारा केसीले सामाजिक सञ्जालमा भिडियो कैद गरेर सार्वजनिक गरेका छन्। उनीहरुले सार्वजनिक गरेका दृश्यहरूले त्यहाँको भयावह स्थिति देखाएको छ ।
सञ्जीव श्रेष्ठको सन्देशस् ‘७५ प्रतिशत मानिस बाढीमा पुरिएका हुन सक्छन्’ । बाढी आएपछि भागेर जङ्गलमा पुगेका स्थानीय सञ्जीव श्रेष्ठले केही समयपछि टिमुरेको माथिल्लो भाग पुगेका छन् । उनका अनुसार बिहान ८ः५३ बजे एक्कासि आएको बाढीले टिमुरे बजारमा अपूरणीय क्षति पुर्याएको छ ।
‘अत्यन्तै दुखद …
सरकारले रसुवागढी र भोटेकोशी नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिमको राहत तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा परेका परिवारलाई आर्थिक मलमपट्टि लगाउन यो कदम चालेको हो ।
क्षतिपूर्ति रकमका साथै बाढीमा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने र घरबास गुमाएकाहरूलाई सुरक्षित स्थानमा गाँसबासको व्यवस्था मिलाउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ ।
पुनर्निर्माण र दीर्घकालीन राहतका …
बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध मुद्दामा तीन पत्रकारलाई मुद्दाको टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ।
उनीहरूको पक्राउ र जमानत अस्वीकारप्रति अन्तर्राष्ट्रिय मानव अधिकार तथा प्रेस स्वतन्त्रता संस्थाले आपत्ति जनाउँदै आरोप फिर्ता लिन आग्रह गरेका छन्।
न्यायाधिकरणले एकट्टोर टेलिभिजनका प्रधान सम्पादक मोजाम्मेल बाबु, प्रमुख संवाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागोजका सम्पादक एवं नेसनल प्रेस क्लबका पूर्व महासचिव श्यामल दत्तलाई हिरासतमा राख्न आदेश दिएको हो। उनीहरू सोमबार न्यायाधिकरणमा उपस्थित भएका थिए। न्यायाधीशले अर्को सुनुवाइ अक्टोबर २५ का लागि तोक्दै अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।
अभियोजन …
भाद्र ८ , काठमाडौ । शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो ।
५ भदौको बिहान १० बजेतिर कालाथोकीमाथि चक्कु प्रहार भएको थियो । उपचारका लागि सिभिल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । कालाथोकी हत्या प्रकरणमा प्रहरीले बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव १९ वर्षकै प्रमित पटेललाई पक्राउ गरेको थियो । उनीहरु पनि उक्त होस्टलमा बस्ने व्यक्ति हुन् …









