Comments Add Comment

Advertisment

SKIP THIS

देश

List Grid
“मुल घर” स्वानिका बास्तोलाको निर्देशनमा प्रदर्शन, दर्शकको मन जित्न सफल

बैशाख १४, काठमाडौ ।नयाँ नेपाली शिरियल ”मुल घर” ले प्रदर्शन सुरु गरेसँगै छोटो समयमै दर्शकहरूको मन जित्न सफल भएको छ । स्वानिका बास्तोलाको निर्देशनमा बनेको यस शिरियलमा धेरै प्रतिभाशाली कलाकारहरूको सहभागिता रहेको छ ।
मुल घरले गाउँको घर, परिवार र परिवेशलाई आधार बनाएर एउटा मार्मिक कथा प्रस्तुत गरेको छ । यसको कथावस्तु, चरित्र चित्रण, र दृश्य संयोजनले छोटो समयमै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । निर्देशक बास्तोलाले यस शिरियलमा नेपाली समाजको परम्परागत मूल्यहरूलाई समकालीन शैलीमा प्रस्तुत गरेकी छन्।
यस शिरियलका प्रमुख कलाकारहरूले आ–आफ्नो भूमिकामा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्, जसले गर्दा …

आईजीपी दीपक थापाद्वारा देश र जनताको हितलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरू र प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक थापाले हाल समाजमा देखा परेका चुनौतिहरूलाई अवसरको रूपमा लिई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र …

कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ

बैशाख १४, काठमाडौ । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका–३ को बोराडाँडीबाट चरेससहित एक महिला र धनगढीसहितका अन्य स्थानबाट खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट गौरीगंगा नगरपालिका–८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई पक्राउ गरेको छ ।
बोहरालाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट २ किलो ५८० ग्राम चरेस बरामद गरिएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालयको अपराध …

चेन अफ कमाण्डभित्र रहेर आफूलाई रोल मोडलका रूपमा स्थापित गर्न प्रहरी अधिकृतहरूलाई आईजीपी थापाको निर्देशन

बैशाख १४, काठमाडौ । नेपाल प्रहरीका आईजीपी दिपक थापाले प्रहरी संगठनलाई थप सक्षम र जनमुखी बनाउन नवनियुक्त प्रहरी अधिकृतहरूलाई प्रेरित गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित निर्देशन कार्यक्रमका क्रममा थापाले आ–आफ्नो नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई उच्च कार्यसम्पादनको शुभकामना दिएका हुन्।
थापाले व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकता दिनु आवश्यक रहेको औँल्याउँदै चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासद्वारा संगठनलाई बलियो बनाउन निर्देशन दिए।
उनले हालको सामाजिक परिवेशमा देखिएका चुनौतीहरूलाई अवसरको रूपमा लिएर व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिए। आईजीपी थापाल थापाले उपस्थित प्रहरी अधिकृतहरूलाई भने–‘नयाँ जिम्मेवारीलाई …

शिक्षक-प्रहरी झडप ! सरकार कता मौन

बैशाख १४, काठमाडौ ।  गत २६ दिनदेखि विविध माग राखी आन्दोलनमा होमिएका शिक्षकहरुमाथि आज प्रहरीद्वारा पानीको फोहरा तथा अश्रुग्यांस प्रयोग गरीको छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा २६ दिनदेखि जारी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरवितर पारेको हो । शिक्षा ऐनको माग राख्दै माइतीघरबाट भेला भएका शिक्षकहरूको प्रदर्शनले स्थिति तनावपूर्ण भएको छ ।
करिब ६० जना शिक्षक गम्भीर घाइते भएका छन भने यसैक्रममा स्थिति निकै तनावपूर्ण देखिएको छ ।

तारकेश्वरको स्थानीय तह जित्न रास्वपालाई कुनै समस्या छैन्, अहिलेको स्थानीय सरकारबाट नगरबासी वाक्क भइसके : शिशिर खनाल

बैशाख १४, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. ६ का संघिय सांसद् शिशिर खनालले २०८४ को स्थानीय तहको चुनावमा रास्वपालाई जित्न कुनै समस्या छैन । शनिबार तारकेश्वर रास्वपाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै सांसद् खनालले भनेका छन् ।

२०७९ को मतदेखि काठमाडौं–१६ को मत हेर्दा अबको २ वर्ष पछि हुने स्थानीय तहको चुनावमा मेयरदेखि वडासदस्यसम्म जित्ने सम्भावना रास्वपामा छ । त्यसलाई जित्ने गरी संगठन निर्माण गरेर जनतामा जान नयाँ निर्वाचित हुने नगर कमिटिको काँधमा आएको बताए । २०७९ को तारकेश्वरको रास्वपाप्रतिको उभारलाई जोगाउने जिम्मा पनि नयाँ कमिटिलाई …

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८६औं कविता : पागल जस्तै गरी

घरि घरि समय मलाई गिज्याई रहन्छ
कहिले बिहानीले त कहिले साँझले
मलाई लखैटी लखैटी तमासा बनाई रहन्छ
म बेसुरमा दौडन्छु पागल जस्तै गरी।।
घरिघरि मलाई आखाँहरुले गिज्याई रहन्छन्
कहिले कुन मोडमा कहिले कुन मोडमा
मलाई दिगभ्रमित गरिरहन्छन दूष्टिपथहरूमा
म अन्धकारमा दौडन्छु पागल गस्तै गरी।।
घरिघरि मलाई सम्न्बन्धहरुले गिज्याई रहन्छन्
कहिले कुन नाममा कहिले कुन नाममा
मलाई पथभ्रष्ट गरि रहन्छन जीवन पथहरुमा
म अन्धाधुन्ध दौडिन्छु पागल जस्तै गरी।।
घरिघरि मलाई मेरै बिश्वासहरुले गिज्याई रहन्छन
कहिले कुन घातमा कहिले कुन घातकीमा
मलाई एक्लो बनाईरहन्छ घटित पलहरुले
म अन्धकारमा दौडिन्छु पागल जस्तै गरी।।
पागल छ समय बौलठ्ठी पाराले कुदाई रहन्छ
गन्तब्यहीन यात्रामा बेहोसीमै रुवाईरहन्छ
अन्तहीन साधनामा कारण दुःख बनाईरहन्छ
म पनि बेहोसीमै …

आगामी मंसिरमा युथ गेम्स हुने : अध्यक्ष सुसन दुलाल

सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म हुने भएको छ ।
काठमाडौंमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ-स्पोर्टस गरि ६ खेलकम प्रतिस्पर्धा हुनेछ।
कार्यक्रमको उद्देश्य नव प्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
‘नेपाल युथ गेम्सले देशभरका खेलकुद प्रतिभालाई एकजुट गर्दै दीर्घकालीन विकासको आधारशिला बनाउने उद्देश्य राखेको छ । हामीले १० वर्षे योजना बनाएका छौं ।
यो पहिलो वर्ष भएकाले प्रदेश स्तरबाट मात्रै खेलाडी छनोट गरेका छौं । आगामी वर्षदेखि ७७ वटै …

शिक्षा मन्त्रीमा रघुजी पन्त जो एस एलसी पास मात्र

बैशाख ११, काठमाडौ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सपथ लिएका छन् । उनी एस एलसी पास मात्र हुन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका थिए ।
एमाले सांसद विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै गत सोमबार राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी सुम्पिएका हुन् ।