Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रशासन

List Grid
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्तिलाई काठमाडौँ प्रहरीले पक्राउ

काठमाडौंको बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ परेका छन् । बनस्थलीस्थि विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस चोर्ने स्याङ्जाका सुदीप थापा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार स्याङ्जा, बिरुवा गाउँपालिका १ घर भई बनस्थली बस्दै आएका १९ वर्षीय थापा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा उनलाई पक्राउ परिएको एसपी बोहराले बताए । थापालाई चोरीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तारकेश्वर नगरपालिकामा “लागुऔषधमुक्त घर अभियान” को शुभारम्भ

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको समन्वयमा तारकेश्वर नगरपालिकाले आज “लागुऔषधमुक्त घर अभियान २०८२”को शुभारम्भ गरेको छ।
यस अभियानले समुदाय र प्रहरीबीच सहकार्य बढाएर लागुऔषधको दुरुपयोग रोक्ने लक्ष्य राखेको छ।
उक्त कार्यक्रमको अध्यक्षता:-नगरपालिकाका मेयर कृष्ण हरि महर्जन ,प्रमुख अतिथि:-काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी टेक बहादुर तामाङ साथै उपस्थित विशिष्ट व्यक्तिहरू:-
– उपमेयर सिर्जना बुर्लाकोटी अर्याल
– डा. केदार नरसिंह केसी, डा. केशवराज खड्का (विज्ञ प्राध्यापक)
– लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुदर्शनप्रसाद कोइराला
– काठमाडौं जिल्ला प्रहरीका एसएसपी विश्व अधिकारी
– स्थानीय नेतृत्व, विद्यालय प्रमुख, स्वास्थ्यकर्मी, युवा संघहरू
कार्यक्रमको मुख्य बिन्दुहरू :-
1. दीप प्रज्वलन (एआईजी तामाङले अभियानको उद्घाटन गरे)
2. जागरूकता …

काठमाडौँ प्रहरीद्वारा युवतीको बलात्कारपछि हत्या गर्ने भारतीय भूपू सैनिकलाई पक्राउ

काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए।
गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।

डिआईजी अरुण पौडेलले सम्हाले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुण पौडेलले पदभार ग्रहण गरेका छन् । नेपाल सरकार तथा गृह मन्त्रीस्तरीय निर्णयानुसार पौडेलको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।
बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई गएका प्रहरी नायब महानिरीक्षक पौडेललाई प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जवानहरुले बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरेका थिए ।
पदभार गरेपछि प्रदेश प्रहरी प्रमुख पौडेलले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ …

डिआईजी राजेन्द्र भट्टले सम्हाले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमाण्ड : अपराध नियन्त्रण र रोकथाम गर्न कर्मचारीहरुलाई निर्देशन

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेन्द्र भट्टले कार्यालयमा हाजिर हभई कार्यालयको पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालयस्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
उनले सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्न कुनै पनि कसुर बाँकी नराख्न मातहतका प्रहरी अधिकृत् कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका उनले …

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर बहादुर बि.कद्वारा पदभार ग्रहण

प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.कले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशले सरुवा भएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको हो ।
उक्त पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा …

डिआईजी दिनेश आचार्यद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

काठमाडौँ : प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।
स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभयो ।

एसएसपी रमेश थापाले पाए नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कटारीका डीएसपी कमल बजगाईं चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

नेपाल प्रहरी अन्तर्गत ‘Police of the Month’ अवार्ड चैत महिनाको लागि उदयपुर जिल्लाबाट इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक, डीएसपी कमल बजगाईंलाई घोषणा गरिएको छ।
नेपाल प्रहरीले सेवा, सुरक्षा र जनविश्वासको मूलमन्त्रलाई आत्मसात् गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई मासिक रूपमा प्रदान गर्दै आएको उक्त सम्मान बजगाईंले विभिन्न उल्लेखनीय कार्यका आधारमा प्राप्त गरेका हुन्।
उनको नेतृत्वमा ४ दशमलव ८ किलोग्राम ब्राउन सुगरसहित ५ जना लागूपदार्थ कारोबारी, ५०० ग्राम चरेससहित ३ जना, तथा अन्य विभिन्न अभियोगमा फरार अभियुक्तहरूसमेत पक्राउ परेका छन्। त्यस्तै, एक लाख १५ हजार रुपैयाँ बराबरको प्रतिबन्धित रक्सी समेत …