काठमाडौँ, १० असोज । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी ती सामान बरामद गरेको हो । बरामद सामानको अनुमानित मूल्य ६ लाख १० हजार २ सय रुपैयाँ रहेको छ ।
प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाएको जनाएको छ।








