- Home
- Showing Post From:-राेचक
राेचक
काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नं. ३ मा अवस्थित जितपुर माध्यमिक विद्यालय ,श्री कालिकाशरण माध्यमिक विद्यालय साथै नार्गाजुन ठुलागाउ माध्यमिक विद्यालयमा आज शैक्षिक तथा भौतिक सामग्रीहरूको प्रदान गरिएको छ ।
यस कार्यक्रममा वडा अध्यक्ष परशुराम अर्याल सहित समाजका जेष्ठ नागरिकहरु , समाजसेवीहरुको अथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
आफू तार्केश्वर वडा न ३ मा जन्मिएपनि सानै बाट अमेरीकाको टेक्सासमा बसोबास गर्ने शिक्षक भरत अर्यालकी छोरी विविधा अर्यालको आर्थिक सहयोगमा तार्केश्वरका ३ विद्यालयलाई आवश्यक सामग्रीहरू, जस्तै शैक्षिक सामग्री, टेबुल, कुर्सी, स्मार्टबोर्ड, स्पिकर आदि उपलब्ध गराइएको थियो ।
कार्यक्रममा विविधा अर्याल, उनका बुबा भरत अर्याल, वडा अध्यक्ष, समाजसेवीहरू, …
काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ निवासी राजु स्याङतान रहेका छन्। उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जेठ ३१ गते साँझ ७ बजे पक्राउ गरेको मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए।
एसपी विश्वराज खड्काका अनुसार, स्याङतानले ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर लुकाइएको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्तोल, त्यसको एक थान म्यागजिन र १३ राउण्ड गोली …
अन्धकारमा रूमलिएर उज्यालो भुलिरहेछु
सपनाहरुमा रुमलिएर यथार्थ भुलिरहेछु
ब्याख्याहरुमा रूमलिएर कथाहरु भुलिरहेछु
मायाप्रेममा रूमलिएर गाथाहरु भुलिरहेछु।।
एकान्त थियो साथि मेरो आवाज दिएर भुल गरेछु
एक्लै रहेछ जीवन फेरी साथ खोजेर भुल गरेछु
निरासा रहेछ जीबनसाथि आश गरेर भुल गरेछु
सम्बन्धमा रूमलिएर खुसी बनाँउने भुल गरेछु।।
आकाशका तारा गनेर सपना बनाँउनेे भुल गरेछु
आखाँहरुमा प्रेम बसाँउन कथा बनाँउने भुल गरेछु
आफैभित्र पीडा साँचेर खुसी लेख्ने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाँउने भुल गरेछु।।
हातहरु थकिसकेछन बिश्वास बनाउने भुल गरेछु
खुट्टाहरु थाकिसकेछन आधार बनाउने भुल गरेछु
जीवन एक्लो भईसकेछ भीड बनाउने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाउने भुल गरेछु।।
-दिनेश घिमिरे
विरुवा,भक्तपुर।।
काठमाडौँ : काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी नवराज अधिकारीले आजबाट पदभार ग्रहण गर्नु भएको छ ।
स्वागत कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गीरीले ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पार्नुभयो ।
पदभार सम्हाल्नु हुँदै एसएसपी नवराज अधिकारीले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
काठमाडौँ : नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले आज बागमती प्रदेश प्रहरी कार्यालयको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई पुर्ण व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले मात्रै प्रहरी संगठनको गरिमा बढाउन सक्ने भएकोले हरेक प्रहरी कर्मचारीहरुले असल आचरणको पालना गर्दै समय सापेक्ष कार्यक्षमता अभिवृद्दि गरी आफ्नो तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट वहन गर्न जोड दिनुभएको छ ।
आम नागरिकहरूको प्रहरी प्रतिको विश्वास र भरोसालाई आत्मसाथ गर्दै नागरिकहरुले प्रत्यक्ष अनुभुती गर्ने गरी जनमुखी प्रहरी सेवा प्रवाह …
काठमाडौँ । काठमाडौँको चःमतीबाट राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौँ ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व …
काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको …
तार्केश्वरको बंगलामुखी मन्दिर परिसरमा जेष्ठ नागरिक विद्यालय भवन (Block -2)को शिलान्यास सम्पन्न भएको छ ।
तार्केश्वर नगरपालिका, वडा नं. ६ स्थित पवित्र बंगलामुखी मन्दिर परिसरमा आज एक ऐतिहासिक घटनाक्रम सम्पन्न भयो। यहाँ जेष्ठ नागरिकहरूको सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिको केन्द्र बन्ने “जेष्ठ नागरिक विद्यालय भवन” को शिलान्यास समारोह आयोजना गरिएको थियो।
मुख्य अतिथि र आयोजकहरूको उपस्थिति
कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो आशीर्वाद र उद्घाटन पुजा र ध्यान गरेर कार्यक्रमलाई गरिमामय बनाए। उनले यो भवन निर्माणले स्थानीय जेष्ठ नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
उप नगर प्रमुख सिर्जना बुर्लाकोटी:- यस परियोजनालाई समुदायको …
काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए।
गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।