Comments Add Comment

Advertisment

SKIP THIS

सुचना-प्रबिधी

List Grid
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने : मन्त्री गुरुङ

काठमाडौं, भदौ १२ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिने चेतावनी दिएका छन्।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र दर्ताका लागि सार्वजनिक आह्वान गरिसकेको जानकारी दिँदै तोकिएको समयमा दर्ता नगरे सामाजिक सञ्जाल बन्द गर्नुपर्ने बाध्यता आउने स्पष्ट पारे।
उनले यसअघि पनि पटक–पटक दर्ताका लागि मौका दिइए पनि केही सामाजिक सञ्जाल अझै दर्ता नभएकाले अन्तिम पटकको अवसर दिइएको बताए।
भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाउन सात दिनभित्र सूचना तथा सञ्चार मन्त्रालयमा …

मानव तस्कर विरुद्ध आक्रमक बन्दै मानव बेचबिखन अनुसन्धान ब्यूरो: एसएसपी कृष्ण पंगेनी

काठमाडौँ:बबरमहलस्थित कानुन किताबखाना व्यवस्था समितिको कार्यालय रहेको भवनमा नेपाल प्रहरीको ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’को कार्यालय छ । कार्यालय प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद पंगेनी ।
एसएसपी पंगेनी गत २१ जेठदेखि ब्यूरो प्रमुखको जिम्मेवारीमा छन् । ब्यूरोमा हाजिर भएकै दिन एसएसपी पंगेनीले मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।
जतिबेला प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्ने एसएसपी पंगेनीको प्रतिबद्धता पनि थियो । सोहीअनुसार मानब बेचबिखन …

कोशी प्रदेश भरिमै पाँचथर जिल्ला प्रहरी कार्यालय सर्वोत्कृष्ट हुन सफल

आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा पाँचथर जिल्ला प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक आर्थिक बर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा उत्कृष्ट जिल्ला प्रहरी भएको छ ।
साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल …

मकवानपुर प्रहरीको ‘एक्सन’ले धमाधम पक्राउ पर्दै लागुऔषध तस्कर तथा फरार प्रतिवादी

काठमाडौँ: अदालतबाट दोषी ठहर भएर कैद तथा जरिबानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्न मकवानपुर प्रहरी सक्रिय बनेको छ ।
मकवानपुर जिल्ला प्रहरी प्रमुख एसपी विश्वराज खड्काले फरार अपराधी पक्राउका लागि प्रहरीले चलाएको अभियानबाट न्याय प्राप्तिमा पीडितलाई राहत पुगेको बताए। उनका अनुसार ‘घरगाउँमै लुकीछिपी बसिरहेका अपराधीहरू धमाधम पक्राउ पर्न थालेपछि पीडितले न्याय पाउने विश्वास गरेका छन्। ‘समग्र शान्ति सुरक्षाको अवस्था बलियो भएको छ । प्रहरीमाथिको विश्वास बढेको छ,’ खड्काले भने ।
‘एक्सन’मा गएको प्रहरीले फरार रहेका अपराधीलाई पक्राउ गर्न विशेष अभियान नै चलाएको छ । जसका कारण मकवानपुर प्रहरीले हालसम्मकै उल्लेखनीय सफलता …

Nepali-origin Teacher’s Daughter in US Supports Community Schools in Her Birthplace

Kathmandu, June 18, 2025 :- Three community schools in Tarkeshwar Municipality, Ward No. 3, received educational and physical materials today, thanks to the financial support of Bibidha Aryal, a Nepali-American based in Texas, USA.

The schools—Jitpur Secondary School, Shri Kalikasharan Secondary School, and Nargharjun Thulagaun Secondary School—were provided with essential supplies, including educational materials, desks, chairs, smartboards, and speakers.
Despite being born in Tarkeshwar, Bibidha Aryal grew up in Texas, where her father, Bharat Aryal, a teacher, settled early. Inspired by her roots, she contributed to improving the quality of education in …

विश्व वातावरण दिवसको अवसरमा जितपुर माध्यमिक विद्यालयले पैदल यात्रा गरेर वातावरण संरक्षणको सन्देश दियो

जितपुर, – विश्व वातावरण दिवसको अवसरमा जितपुर माध्यमिक विद्यालयले वातावरण सुन्दर, सफा र हरियालीमय बनाउन आह्वान गर्दै विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूको सहभागितामा एक सार्थक कार्यक्रम आयोजना गरेको थियो।

यस अवसरमा विद्यालय परिसरबाट करिब ३ किलोमिटर लामो पैदल यात्रा आयोजना गरिएको थियो, जसले वातावरण संरक्षणको महत्त्वप्रति जनचेतना जगाउने प्रयास गरेको छ।
यात्राको समापनमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण अर्यालले वातावरणमा संतुलन कायम गर्न प्रत्येक नागरिकको सहभागिता आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई प्रकृति संरक्षणमा अग्रसर हुन आग्रह गरे। उनले यसरी सामूहिक रूपमा सचेतना अभियान चलाउनु वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको चुनौतीलाई कम गर्न महत्त्वपूर्ण कदम हो भने।

कार्यक्रममा …

सार्वजनिक यातायात बन्द: यात्रुहरू अलपत्र, यातायात व्यवसायीको आन्दोलन जारी

काठमाडौं, २०८२ जेठ १९ :-  भाडाका सार्वजनिक सवारी साधन नचल्नाले बिहानैदेखि बस प्रतीक्षामा बसेका यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन् । सडकमा निजी सवारी साधन मात्र चलेका छन्, जसले गर्दा यात्रुहरूको यातायात समस्या अत्यन्तै गम्भीर रूप लिएको छ ।
प्रभावित यातायात मार्गहरू :- 
– काठमाडौंबाट भक्तपुर तथा पूर्वी मार्गका सार्वजनिक सवारी साधन फाट्टफुट चलेका छन्।
-भक्तपुरबाट काठमाडौं जाने कुनै पनि सार्वजनिक यातायात सेवा नचल्नाले यात्रुहरू गन्तव्यमा पुग्न असमर्थ भएका छन् ।
आन्दोलनको कारण
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले “राइड सेयरिङ” को नाममा निजी सवारी साधनलाई भाडाका सवारी सरह प्रयोग गर्न दिने नियमावली खारेज गर्न माग …

लाखौं राजश्व छलीका सामाग्रीसहित ८ जनालाई काठमाडौँ प्रहरीले पक्राउ

काठमाडौँ । काठमाडौँको चःमतीबाट राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौँ ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व …

काठमाडौँ प्रहरीद्वारा युवतीको बलात्कारपछि हत्या गर्ने भारतीय भूपू सैनिकलाई पक्राउ

काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए।
गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।