Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने : मन्त्री गुरुङ

काठमाडौं, भदौ १२ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिने चेतावनी दिएका छन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र दर्ताका लागि सार्वजनिक आह्वान गरिसकेको जानकारी दिँदै तोकिएको समयमा दर्ता नगरे सामाजिक सञ्जाल बन्द गर्नुपर्ने बाध्यता आउने स्पष्ट पारे।

उनले यसअघि पनि पटक–पटक दर्ताका लागि मौका दिइए पनि केही सामाजिक सञ्जाल अझै दर्ता नभएकाले अन्तिम पटकको अवसर दिइएको बताए।

भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाउन सात दिनभित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता प्रक्रियामा सहभागी हुन सार्वजनिक आह्वान गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै