Comments Add Comment

Advertisment

SKIP THIS

वेल्स र स्वीडेनको छनोट नजिक

११ चैत काठमाडौं । विश्वकप प्लेअफमा वेल्स फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा पुग्न सफल भएको छ।

कार्डिफ सिटीमा बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २-१ ले पराजित गर्दै वेल्स विश्वकपको छनोट नजिक पुगेको हो।

ग्यारेथ बेलले खेलको २५औं मिनेट र ५१औं मिनेटमा गोल गरेका थिए-।​ ६४औं मिनेटमा अष्ट्रियाका मार्सल सवित्जरले फर्काएका थिए।

अर्को खेलमा स्विडेनले चेक रिपब्लिकलाई पराजित गर्दै प्लेअफको फाइनलमा स्थान बनायो । अतिरिक्त समयमा चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै स्वीडेनले फाइनल यात्रा तय गरेको थियो-। स्वीडेनको जितमा रोविन क्वाइसनले ११०औं मिनेटमा गोल गरेका थिए।

अब प्ले अफको फाइनलमा पोल्यान्ड र स्वीडेन, पोर्चुगल र नर्थ म्यासेडोनिया तथा वेल्स र स्कटल्यान्ड र युक्रेनबीचको विजेताबीच प्रतिस्पर्धा हुने छ। युक्रेन र स्कटल्यान्ड बिचको खेल भने हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै