Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

२४ कात्तिक , काठमाडो । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेको उनले न्युज24ग्यालेक्सीलाई बताए । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।

कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गतेका लागि डाकेका थिए । तर मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।

मुख्यमन्त्री राईले विश्वासको मत लिनुभन्दा दुई दिन अघि नै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले विश्वासको मत लिने विषयमा आन्तरिक तयारीका लागि उनी गृह जिल्ला भोजपुरबाट मंगलबार विराटनगर आएका छन् ।

मन्त्रीमण्डलको आकार ११ सदस्यीय

मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । विश्वासको मत लिएर मंसिर पहिलो साता नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यममन्त्री राईले न्युज24ग्यालेक्सीलाई बताए । गठबन्धन दल बीचको सहमतिमै चाँडै मन्त्रीमण्डल बिस्तार हुने उनको भनाइ छ । विश्वासको मत लिएलगतै सरकार विस्तारका लागि मन्त्रीको नाम पठाउन गठबन्धन दललाई आग्रह गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै