Comments Add Comment

Advertisment

SKIP THIS

धर्म दर्शन

List Grid
प्रहरीको ईन्सपेक्टर हु भन्दै सर्वसाधारणलाई झुक्याउने युवक भक्तपुरबाट पक्राउ

भक्तपुर । प्रहरी निरीक्षकको पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको अभियोगमा भोजपुरका एक युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको भक्तपुर जिल्लाका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले बताए । ।
डिएसपी न्यौपानेका अनुसार, पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी क्षेत्रमा बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी हुन् ।
उनले आफू प्रहरी निरीक्षक (ईन्सपेक्टर) भएको भन्दै मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो राखी सर्वसाधारणलाई झुक्याउँदै आएका थिए ।
गएको २०८२ साल जेठ ६ गते राति करिब ९ः३० बजे, मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिब्यश्वरी नेवा भुटु रेस्टुराँ अगाडिको सडक खण्डमा उनले …

वडाध्यक्ष शरण श्रेष्ठको नेतृत्वमा सहिदलखन गाउँपालिका वडा ७ दोस्रो पटक उत्कृष्ट वडा घोषित

सहिदलखन गाउँपालिका वडा नम्बर ७ लगातार दोस्रो पटक उत्कृष्ट वडा घोषित भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ का सम्पूर्ण भौतिक पूर्वाधार निर्माण योजनाहरू माघ महिनाभित्रै सम्पन्न गर्दै प्रभावकारी सेवा प्रवाहमा अग्रस्थानमा देखिएको सो वडालाई गाउँपालिकाले उत्कृष्टको रूपमा छनोट गरेको हो।
गत वर्षदेखि सुरु भएको नौलो अभ्यास निरन्तर छ । ‘राम्रो काम होस् र समयमा सकियोस् भनेर यस्तो व्यवस्था गरिएको हो,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘काम गर्ने क्रममा यसले प्रतिश्पर्धा बढाएको छ । कामको रफ्तार बढेको छ ।’
यही कार्यविधि कार्यान्वयनमा आएपछि शहिद लखनका सबै वडाले आर्थिक वर्ष नसकिँदै काम सिध्याउन थालेका …

नागरिकलाई सुरक्षाको प्रत्याभुती हुनेगरी दत्तचित्त भएर सेवामा समर्पित रहन एसएसपी अधिकारीको निर्देशन

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी‌ विश्व अधिकारीबाट प्रहरी वृत्त, सिंहदरबारको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्नः
निर्देशनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख एसएसपी‌ विश्व अधिकारीले प्रहरी वृत्त सिंहदरबारको कार्यक्षेत्र अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भएकोले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।
समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउनको लागि सबै प्रहरी कर्मचारीहरूले निरन्तर मेहनत, इमान्दारिता र व्यवसायीक निष्ठापूर्वक समर्पण भावका साथ कानुन बमोजिम प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
प्रहरी राज्यको Visible निकायका रूपमा समाजमा सेवा गर्ने संगठन भएको र नागरिकहरूले प्रहरीलाई न्याय, शान्ति र सुरक्षाको प्रतीकको रूपमा …

राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण

काठमाडौँ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम आज राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता/उपविजेता खेलाडीहरु र अफिसियलहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुका साथै प्रतिष्ठानमा व्यवसायिक रहेर सांगठनिक निति-निर्देशनको पालना गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नुहुने प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतिष्ठानलाई विभिन्न समय तथा सन्दर्भमा विशेष सहयोग पुर्‍याउनु हुने नेपाल विधुत प्राधिकारण वितरण केन्द्र प्रमुख, …

कसरी गायब भयो दानबिरहरुको ३ लाख रुपैया , संयोजक नै सम्मेलनमा देखिएनन् ?

तार्केश्वर नगरपालिकाको आयोजनमा गरिएको पौराणिक तार्केश्वर महादेव शिव महापुराण -२०८० को पत्रकार सम्मेलन एक बर्ष पछि गर्दा पनि अपुरो बनाई सम्पन्न गरेका छन् ।
पत्रकार सम्मेलन गएको २०८० माघ महिनाको अन्तिम हप्ता गरेतापनि दान गर्ने दानबिरहरुको चित्त नबुझदा फेरी एक बर्ष पछि गरेको हो । तर एक बर्ष पछि गर्दा पनि उहि पुराना खाका मात्र सुनाईयो जुन यो तलको फोटोमा प्रस्ट छ

यो फोटो २०८० को हो तर एक साल पछि पनि पत्रकार सम्मेलन गर्दा न त पत्रकार सम्मेलन गर्ने भनेर व्यानर नै छ नत समितिका अरु कोहि यस्तोगर्दा पत्रकार कै अपमान …

उत्कृष्ट काम गरेर पर्साबासीको मन जितेका एसपी कुमोद ढुंगेलको भव्यताका साथ पर्साबाट विदाई

वीरगन्ज । ११ महिना अगाडीदेखि पर्सा प्रहरीको कमाण्ड सम्हाल्दै आएका पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल पर्साबाट काठमाडौंको लागी बिदा भएका छन् । आक्रामक पुलिसिङको माध्यमबाट तस्करी नियन्त्रण र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै पर्साबासी जनताको मन जित्न सफल भएका ढुङ्गेल आज पर्साबाट बिदा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमा आज आयोजित बिदाई कार्यक्रममा बोल्दै एसपी ढुंगेलले पर्साबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिएका थिए ।
एसपी कुमोद ढुंगेल अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो …

९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गर्ने चार जनालाई ललितपुर प्रहरीले पक्राउ

काठमाडौं । ललितपुरको धापाखेलमा ९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जीतमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरीका भीमबहादुर विक रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
एसएसपी अधिकारीका अनुसार गएको पुस २२ गते दिउँसो साढे १२ बजे धापाखेलस्थित सम्झना बुढामगरको घरमा प्रवेश गरी उनीहरूले कुटपिट गरी नगद तथा गरगहना लगेका आरोप छ । उनीहरूले बुढामगरले कानमा लगाएको सुनको बेरुवा रिङ, सुनको औँठी र सुनको सिक्री डाँकागरी लगेका थिए ।
उनीहरुको साथबाट डकैती गरेर लगेको सुनका गरगहना र २५ हजार …

डिएसपी दिनेश घिमिरेको एक सय ६९औं कविता : जीवनको गति

तस्बिर भुल्न खोज्छु अनुहार अगाडी आँउछ
माया भूल्न खोज्छु संझना अगाडी आँउछ
नाता भूल्न खोज्छु सम्बन्ध अगाडी आँउछ।
दिनलाई भुल्न खोज्छु रात अगाडी आँउछ
संझना भुल्न खोज्छु बिगत अगाडी आँउछ
आँशु भुल्न खोज्छु सपना अगाडी आँउछ।
आफैलाई भूल्न खोज्छु कर्तब्य अगाडी आँउछ
नाता निभाउन खोज्छु स्वार्थ अगाडी आँउछ
जीवन सजाँउन खोज्छु निराशा अगाडी आँउछ।
मित्र बनाउन खोज्छु शत्रु अगाडी आँउछ
गाँथा वनाँउन खोज्छु ब्यथा अगाडी आँउछ
आफैलाई बुझाँउन खोज्छु प्रश्नहरू अगाडी आँउछ।
साँझलाई बिताँउन खोज्छु दिनले बिझाईरहन्छ
बिगतलाई बिर्सन खोज्छु बर्तमानले गिज्याँइरहन्छ
खुशीलाई सगाँल्न खोज्छु दु:ख जीवनको गति बनिदिन्छ।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

प्रसिद्ध धार्मिकस्थलको रुपमा बौंडेश्वर (बरुणेश्वर) महादेव मन्दिर !

४ भदौ , काठमाडौ । काठमांडौको टोखा नगरपालिका वडा नं. १ बरुणेश्वर गुफामा अवस्थित श्री बौंडेश्वर(बरुणेश्वर) महादेवको मन्दिर नेपालको एक प्रसिद्ध धार्मिकस्थल हो जुन समृद्ध साँस्कृतिक सम्पदा तथा आध्यात्मिक वातावरणमा शान्त रुपमा रहेको देख्न पाइँन्छ ।

वातावरण स्वच्छ र हराभरा रहेको उक्त स्थान काठमाडौको उत्तरी भेगमा अवस्थित छ र जहाँबाट नुवाकोटको यात्रा तय गर्न सकिन्छ । उक्त मन्दिर एक विशाल चट्टानको भित्र निकै नै अप्ठेरो स्थानमा रहेको छ । र यहाँ विशेष गरी श्रावण महिनाभरी, वर्षको प्रत्येक सोमवार तथा मंसिर महिनाको बैकुण्ठ चतुर्दशीको दिन मेला लाग्दछ ।
हाम्रो धार्मिक पुस्तक श्रीस्वास्थानीमा वर्णन …