Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको ईन्सपेक्टर हु भन्दै सर्वसाधारणलाई झुक्याउने युवक भक्तपुरबाट पक्राउ

भक्तपुर । प्रहरी निरीक्षकको पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको अभियोगमा भोजपुरका एक युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको भक्तपुर जिल्लाका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले बताए । ।

डिएसपी न्यौपानेका अनुसार, पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी क्षेत्रमा बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी हुन् ।

उनले आफू प्रहरी निरीक्षक (ईन्सपेक्टर) भएको भन्दै मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो राखी सर्वसाधारणलाई झुक्याउँदै आएका थिए ।

गएको २०८२ साल जेठ ६ गते राति करिब ९ः३० बजे, मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिब्यश्वरी नेवा भुटु रेस्टुराँ अगाडिको सडक खण्डमा उनले प्रहरी भनी झुक्याएको सूचना प्राप्त भएलगत्तै प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

हाल सुजन गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी न्यौपानेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै