३१ असार , काठमाडौं । जब जब भारतले नेपालबाट केही फाइदा लिनु छ भने कुटनीतिक हिसावले नेपालका कुनै न कुनै नेतालाई निमन्त्रणा कार्ड फ्यांकी हाल्छ । हाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ। प्र म पत्नी आरजु देउवा राणा पनि उतैतिर भ्रमणमा भएकाले पनि दाहालको उक्त भ्रमणलाई सवैले जिज्ञासाकोरुपमा हेर्नु अस्वभाविक होइन । भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।
तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस. जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको तयारी रहे पनि समय निश्चित नभएको बताइएको छ । यसरी नेपालको सन्दर्भमा कुरा गर्दा ब्यक्तिगतरुपमा या पार्टीगत होस, केही न केही स्वार्थ लिएर नेताहरुको भारत भ्रमण गर्ने चलन बिगत लामो समयदेखि नै हो । भारत केपी वली नेतृत्वको सरकार भन्दा यस्तै खाले खिचडी गठबन्धन सरकार चाहान्छ । र चुनावपछि कुनै पार्टीको एकल नेतृत्वको सरकार गठन हुनुभन्दा भरसक गठबन्धन नै भए उसको स्वार्थनुकूल हुने ठान्दछ भारत । यता प्रचन्ड र माधवकुमारहरु पनि यस्तै खिचडी सरकार चाहान्छन । तसर्थ, जुन नेताले जतिसुकै रास्टृयताको कुरा गरेपनि सत्तास्वार्थमा अल्झिएको नेपालको राजनीतिमा भारतको टेको नभै बिल्कुल नहुने कुरा यथार्थ सत्य सावित भएकै छ ।


