Comments Add Comment

ललितपुरको इमाडोलबाट नक्कली नोटसहित मकवानपुरका पासाङलाई प्रहरीले पक्राउ

काठमाडौं : ललितपुरको इमाडोलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं‌ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत शुक्रबार ललितपुर महागनर-४ इमाडोलबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर घर भई इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ बमजन छन्। उनीबाट प्रहरीले ५ सय रुपैयाँका एक सय ६० थान नक्कली नोट बरामद गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै