- Home
- Showing Post From:-बाग्मती
बाग्मती
काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नं. ३ मा अवस्थित जितपुर माध्यमिक विद्यालय ,श्री कालिकाशरण माध्यमिक विद्यालय साथै नार्गाजुन ठुलागाउ माध्यमिक विद्यालयमा आज शैक्षिक तथा भौतिक सामग्रीहरूको प्रदान गरिएको छ ।
यस कार्यक्रममा वडा अध्यक्ष परशुराम अर्याल सहित समाजका जेष्ठ नागरिकहरु , समाजसेवीहरुको अथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
आफू तार्केश्वर वडा न ३ मा जन्मिएपनि सानै बाट अमेरीकाको टेक्सासमा बसोबास गर्ने शिक्षक भरत अर्यालकी छोरी विविधा अर्यालको आर्थिक सहयोगमा तार्केश्वरका ३ विद्यालयलाई आवश्यक सामग्रीहरू, जस्तै शैक्षिक सामग्री, टेबुल, कुर्सी, स्मार्टबोर्ड, स्पिकर आदि उपलब्ध गराइएको थियो ।
कार्यक्रममा विविधा अर्याल, उनका बुबा भरत अर्याल, वडा अध्यक्ष, समाजसेवीहरू, …
धर्मस्थली, तारकेश्वर। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, योजना र बजेट निर्माणका लागि तारकेश्वर नगरपालिकाले आज सरोकारवालाहरूसँग खुला अन्तरक्रिया गर्यो।
नगर सभाहलमा भएको कार्यक्रममा स्थानीय निकाय, प्रदेश सरकार र समुदायका प्रतिनिधिहरूले सहभागिता जनाए।
प्रमुख अतिथि र विशेष उपस्थिति :-
कार्यक्रमको अध्यक्षता नगरप्रमुख कृष्ण हरि महर्जन ले गर्दै पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित रहे। बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी विशेष अतिथिको रूपमा पुगेकी थिइन्।
उपनगरप्रमुख श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, सबै वडाध्यक्ष, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी अधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन र विषयवस्तु …
काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ निवासी राजु स्याङतान रहेका छन्। उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जेठ ३१ गते साँझ ७ बजे पक्राउ गरेको मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए।
एसपी विश्वराज खड्काका अनुसार, स्याङतानले ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर लुकाइएको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्तोल, त्यसको एक थान म्यागजिन र १३ राउण्ड गोली …
अन्धकारमा रूमलिएर उज्यालो भुलिरहेछु
सपनाहरुमा रुमलिएर यथार्थ भुलिरहेछु
ब्याख्याहरुमा रूमलिएर कथाहरु भुलिरहेछु
मायाप्रेममा रूमलिएर गाथाहरु भुलिरहेछु।।
एकान्त थियो साथि मेरो आवाज दिएर भुल गरेछु
एक्लै रहेछ जीवन फेरी साथ खोजेर भुल गरेछु
निरासा रहेछ जीबनसाथि आश गरेर भुल गरेछु
सम्बन्धमा रूमलिएर खुसी बनाँउने भुल गरेछु।।
आकाशका तारा गनेर सपना बनाँउनेे भुल गरेछु
आखाँहरुमा प्रेम बसाँउन कथा बनाँउने भुल गरेछु
आफैभित्र पीडा साँचेर खुसी लेख्ने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाँउने भुल गरेछु।।
हातहरु थकिसकेछन बिश्वास बनाउने भुल गरेछु
खुट्टाहरु थाकिसकेछन आधार बनाउने भुल गरेछु
जीवन एक्लो भईसकेछ भीड बनाउने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाउने भुल गरेछु।।
-दिनेश घिमिरे
विरुवा,भक्तपुर।।
तारकेश्वर नगरपालिकाद्वारा आयोजित “नगर प्रमुख सँग सञ्चारकर्मी अन्तर्क्रिया तथा अभिमुखिकरण कार्यक्रम” हालै वडा नं. ३ स्थित होटल मोनालिसामा सफलतापूर्वक सम्पन्न भएको थियो। यस कार्यक्रमले सञ्चारकर्मीहरूलाई नगरपालिकाका गतिविधि, योजना, र सुशासनका विषयमा प्रशिक्षण र अभिमुखीकरण प्रदान गर्यो।
कार्यक्रमको मुख्य आयोजना तत्वहरू :-
1. प्रमुख प्रशिक्षकहरू :-
– शन्तराम बिडारीले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरे।
– दीपक श्रेष्ठ (गोरखापत्र दैनिकका उपसम्पादक) र दिलिप पौडेल (प्रेस यूनियनका महासचिव) ले अभिमुखीकरण सत्रहरू सञ्चालन गरे।
2. उल्लेखनीय उपस्थिति:
– नगर प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, वडा अध्यक्ष तथा प्रवक्ता राधाकृष्ण खड्गी, र वडा …
काठमाडौं, बनेपाबाट घुम्न आएका मानिस तार्केश्वर वडा नं. ३ मा रहेको भुवनेश्वरी मन्दिर घुमेर फर्कदै गर्दा पाचमाने स्थित माइक्रोबस दुर्घटनामा परेको छ । दुर्घटना हुदा १३ जना घाइते भएका छन्।
दुर्घटना तार्केश्वरको पाचमाने क्षेत्रमा माइक्रोबस उकालोमा चढ्न नसक्दा भएको हो।
घाइतेहरूमा चालक सहित यात्रु रहेका छन्। दुर्घटनाग्रस्त यात्रुहरूलाई नजिकैको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।
स्थानीय बासिन्दाहरूले बाटोमा सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो घटना भएको बताएका छन्।
प्रहरीले दुर्घटनाको कारण तथा जिम्मेवारी छानबिन गरिरहेको छ। स्थानीयहरूले सडक सुरक्षा सम्बन्धी ठोस कदम चाहेका छन्।
तारकेश्वर नगरपालिकाको धर्मस्थलमा आज विश्व वातावरण दिवसको अवसरमा “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न हाम्रो दायित्व” भन्ने थीममा विशेष वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको छ।
यस कार्यक्रममा नगरपालिका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना ब्रलाकोटी, सम्पूर्ण वडा अध्यक्ष तथा सचिवहरू, तारकेश्वर वातावरण शाखाका प्रमुख, स्थानीय संस्था तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत धर्मस्थल परिसर र आसपासका क्षेत्रमा विभिन्न प्रजातिका रूखहरू रोपिएका छन्, जसले वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्लास्टिक तथा अन्य कचराहरूको व्यवस्थित सरसफाई गरी क्षेत्रलाई स्वच्छ बनाइएको छ।
कार्यक्रममा उपस्थित नगरपालिका प्रमुख कृष्णहरि महर्जनले …
जितपुर, – विश्व वातावरण दिवसको अवसरमा जितपुर माध्यमिक विद्यालयले वातावरण सुन्दर, सफा र हरियालीमय बनाउन आह्वान गर्दै विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूको सहभागितामा एक सार्थक कार्यक्रम आयोजना गरेको थियो।
यस अवसरमा विद्यालय परिसरबाट करिब ३ किलोमिटर लामो पैदल यात्रा आयोजना गरिएको थियो, जसले वातावरण संरक्षणको महत्त्वप्रति जनचेतना जगाउने प्रयास गरेको छ।
यात्राको समापनमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण अर्यालले वातावरणमा संतुलन कायम गर्न प्रत्येक नागरिकको सहभागिता आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई प्रकृति संरक्षणमा अग्रसर हुन आग्रह गरे। उनले यसरी सामूहिक रूपमा सचेतना अभियान चलाउनु वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको चुनौतीलाई कम गर्न महत्त्वपूर्ण कदम हो भने।
कार्यक्रममा …
काठमाडौ , तारकेश्वर वडा नं. २ को कोइराले खोला हुँदै सिम्लेश्वर जाने सडक निर्माण कार्य सुरु भएको छ ।
संघीय सांसद् शिशिर खनालको पहलमा १० करोडको योजनाबाट सडक विभाग, सडक डिभिजन कार्यालय काठमाडौंले ७ करोडमा ठेक्का खुलाई निर्माण कार्य सुरु गरेको छ ।
यस विषयमा तारकेश्वर नगरपालिका वडा दुई भन्ने फेसबुक पेजमा गलत प्रचार गरिएको छ । जसमा “तत्कालिन माननिय श्री भिमसेनदास प्रधानद्धारा एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना अन्तर्गत विनियोजन भएको रकम ७ करोडको ठेक्का लागेको कुरा उल्लेख गरिएको छ ।”
वडाअध्यक्ष राधाकृष्ण खड्कीले वडाको फेसबुक पेजमा भिडियो पोस्ट गर्दै पूर्व रक्षामन्त्री …