- Home
- Showing Post From:-बाग्मती
बाग्मती
भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा ६ र ७ गते छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेनको भारत भ्रमणका क्रममा दर्जनभन्दा बढी सम्झौताहरू हुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दर्जनभन्दा बढी सम्झौता र त्यतिमै मात्रामा शिलान्यास पनि हुने भएका छन् । प्रधानमन्त्रीको शाहको भ्रमणमा दुई देशबिच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबिच आधा घण्टा वान टू वान वार्ता हुने र …
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २६ ले एक वर्षअघि नै ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली सुरु गरेको थियो। वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले २०८२ असोज २९ गते उक्त प्रणालीको शुभारम्भ गरिएको थियो।
डिजिटल ठेगाना प्रणालीको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान भएपछि वडाभित्रका घरहरूको विस्तृत विवरण सहज रूपमा प्राप्त गर्न सकिने बताएका थिए।
वडाध्यक्ष तिवारीले लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोडसहितको विवरण समावेश गरिएको सूचनापाटी (नम्बर प्लेट) जडान गरेर प्रणालीको शुभारम्भ गरेका …
काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नियमविपरीत साइलेन्सर तथा अन्य पाटपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। कारबाहीका क्रममा ती मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाइनेछ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित धनीलाई मोटरसाइकल फिर्ता गरिनेछ।
सवारी साधनको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण बढ्नुका साथै …
स्याङ्जा । गाउँ रित्तिँदै जाने, युवा रोजगारीका लागि विदेश तथा ठूला सहर पलायन हुने र खेतीयोग्य जमिन बाँझो रहने समस्या समाधान गर्दै वालिङलाई आत्मनिर्भर र समृद्ध नगर बनाउने सोचसहित तोय नारायण पौडेल स्थानीय विकासको बहसमा जोडिएका छन्। वालिङ नगरपालिका–११, छतिवन निवासी पौडेलको शैक्षिक पृष्ठभूमि, लामो प्राध्यापन अनुभव, कृषि उद्यमशीलता र विकाससम्बन्धी अवधारणाले नगरको भावी नेतृत्वका विषयमा चासो बढाएको छ।
पौडेलले २०४६ सालमा वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। पृथ्वीनारायण क्याम्पस पोखराबाट आईएस्सी र बीएस्सी पूरा गरेका उनले सन् १९९८ मा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरबाट गणित …
काठमाडौँ । तारकेश्वर नगरपालिका–४ अन्तर्गत साविक धापासी क्षेत्रमा उच्च भोल्टेज (एचटी) विद्युत् लाइन स्थानान्तरणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम विवादरहित रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले नेपाल विद्युत् प्राधिकरणले अघि बढाउन लागेको कामप्रति खुसी व्यक्त गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणले सेल्स बेरी डिपार्टमेन्ट स्टोरबाट मिल्स बेरी स्कुल जाने बाटोमा चिया कुण्डनजिक रहेको ११ मिटर अग्लो सिमेन्टको पोलदेखि विभिन्न कित्ता नम्बरका जग्गामार्फत गएको उच्च भोल्टेज विद्युत् लाइन स्थानान्तरण गर्ने विषयमा सार्वजनिक सुनुवाइ आयोजना गरेको हो।
करिब २०० मिटर लामो नाङ्गो विद्युत् तार स्थानान्तरण गर्ने प्रस्तावबारे आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, सन्धियार तथा सम्बन्धित सरोकारवालाको सहभागिता …
काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ।
गृह मन्त्रालयका अनुसार दाहालले पदीय आचरणविपरीत कार्य गर्नुका साथै संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बन गरिएको हो। स्रोतका अनुसार दाहालमाथि अनुसन्धानका क्रममा मुख्यतः दुई विषय देखिएका छन्। पहिलो, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्क र दोस्रो, झापाका इनम सापकोटासँगको कनेक्सन।
स्रोतका अनुसार असोज ११ गते राति पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइएको केही समयमै एआईजी दाहाल त्यहाँ पुगेका थिए। उनले चेन अफ कमाण्डसमेत पालना नगरी प्रहरी कार्यालय पुगेको विषयमा अनुसन्धान अघि बढाइएको …
नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्गीले आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। ‘नेपाली कांग्रेसको सभापतिको लागि आफूलाई योग्य जस्तो सम्झिएर मैले उम्मेदवारी घोषणा गरेको छु,’ खड्गीले भने।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्गीले आफूले ४० वर्षअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट यात्रा सुरु गरेको र त्यसयता निरन्तर नेपाली कांग्रेसको कार्यकर्ताका रूपमा सक्रिय रहेको बताए।
उनले देशमा लोकतन्त्र स्थापना र विधिको शासन लागू गर्न आफू निरन्तर सक्रिय रहेको दाबी गर्दै सभापतिमा उम्मेदवारी …
काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने ठहर गरेको छ।
सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
पुनर्निर्माण तथा पुनर्स्थापनाअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिने भएका छन्।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण …
काठमाडौं । जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा–२०८३ धर्मस्थलीमा सम्पन्न भएको छ।
उप–क्षेत्र–३, धर्मस्थली अन्तर्गतको साधारण सभा २०८३ असोज १७ गते शनिबार बिहान १० बजे धर्मस्थली सामुदायिक भवनमा आयोजना गरिएको हो। सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्य सेवा तथा आगामी योजना र कार्यक्रमका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा तारकेश्वर नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भक्तिनारायण महर्जन विशेष अतिथिका रूपमा सहभागी थिए।
सभामा संस्थाका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो …









