Comments Add Comment

Advertisment

SKIP THIS

विश्वव्यापी भीडन्तको नतिजा भीषण हुने शी जिनपिङको चेतावनी

४ माघ , काठमाडौ । चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् ।कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ ।

राष्ट्रपति शी जिनपिङले भीडन्तले समस्याको हल ननिस्कने कुराको इतिहास साक्षी भएको बताएका छन् ।उनले कोरोना महामारीको असरसँग जुध्नका लागि साझा कोसिसको आवश्यकता पर्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले मानवताका कारण महामारीमाथि जीत हासिल गर्न सकिने पनि बताएका छन् ।

उनले विश्वव्यापी अर्थव्यवस्थाको स्थिति थप खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिको उत्कृष्ट समन्वयको पनि आह्वान गरेका छन् ।

चीनको सफलताको उल्लेख :
शी जिनपिङको भाषणको शैली अघिल्लो पटकजस्तै थियो । उनले कोरोना महामारीसँग जुध्ने मामिलामा चीनको सफलताबारे उल्लेख गरेका छन् ।उनका अनुसार चीन संसारको एक्लो यस्तो अर्थव्यवस्था हो जसले बलियो नतिजा दिइरहेको छ ।

संसारको प्रमुख शक्तिबीच देखिएको कमजोरीतर्फ संकेत गर्दै उनले भविष्यप्रति चेतावनी दिएका छन् ।उनले चीन सबैलाई समेटेर अघि बढ्ने नीतिमा विश्वास गर्ने बताएका छन् ।

उनले चेतावनीयुक्त लवजमा भने, ‘देशबीच ठोस् समन्वय स्थापित गर्न आवश्यक छ र समृद्ध देशले जिम्मेवारी नीतिमाथि अमल गर्नुपर्छ ताकि उनीहरुको गतिविधिका कारण विकासशील देशलाई हानी नहोस् ।’

चीनको जिरो कोभिड पोलिसः

कोरोना महामारीको सुरुवातपछि नै चीन जिरो कोभिड नीतिमाथि अमल गरिरहेको छ । यसका सीमा बाहिरी व्यक्तिका लागि बन्द छन् तर पूरा महामारीका बेला यो पूरा दुनियाँका लागि उत्पादनको प्रमुख केन्द्र बनेको छ ।

वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै शी जिनपिङले संसारले शताब्दीमा एकपटक आउने महामारीको विरुद्धमा ठूलो मुश्किल लडाईं लडेको बताएका छन् ।

तर उनले यो महामारी लामो समयसम्म चल्ने पनि बताइन् । भाइरसको नयाँ भेरियन्ट पहिलाको तुलनामा अत्यधिक तीब्र रुपमा फैलिरहेको र यसले विश्वव्यापी अर्थव्यवस्थामा चुनौती गहिरिएको बताए ।

शी जिनपिङले चेतावनी दिँदै भने, ‘उद्योगका लागि ग्लोबल सप्लाई चेन बाधित भएको छ । मूल्यवृद्धि अत्यधिक छ । ऊर्जाको आपूर्तिमा असर परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै