Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीको गोदावरीबाट होटेल संचालक सहित युवा-युवतीलाई मालाखेती प्रहरीले पक्राउ

कैलालीको गोदावरी नगरपालिकाबाट एक जना होटेल संचालक सहित एक जोडी पक्राउ परेका छन्। नगरपालिकाको वडा नम्बर २ बसपार्कमा रहेको होटेल यात्री प्लाजाबाट एक जोडी युवायुवती सहित सोही होटेल नजिकै रहेको सायल होटेलका संचालक शुक्रवार राती पक्राउ परेका हुन्।

अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने गुनासोको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए।

उनीहरू माथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै