Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली काँग्रेसको ६ जिल्लाको अधिवेशन जारी

१६ फागुन, काठमाण्डौं । नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ । अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो । क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो ।

पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए । निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो ।

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४ औं महाधिवेशन सम्पनन् गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

काँग्रेस धनुषाको अधिवेशन २३ गते

संसदको हिउँदे अधिवेशन अन्त्य