Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा चुरोट नदिएको निहुँमा कुटपिट गरी एक युवकको हत्या, १४ जनालाई प्रहरीले पक्राउ

कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन्।

गएराति साढे १२ बजे कुटपिटबाट घोडाघोडी नगरपालिका- २ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो।

कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टेर सन्तोष बस्यालका अनुसार अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका-९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए।

त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए। इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेका थिए।

‘उनीहरू धेरै संख्यामा थिए। मदिराले लठ्ठ थिए। मोहनका साथीहरू भने धेरै रहेनछन्। त्यसैले उनीमाथि त्यो समूहले निर्घात कुटपिट गरेछ,’ इन्स्पेक्टर बस्यालले भने।

कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान ७:३५ बजे मृत्यु भएको हो। त्यसअघि उनलाई लालरत्न अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकी कोहलपुर मेडिकल कलेज लगिएको थियो। कोहलपुरबाट टीकापर अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको हो।

बुधबार दिउँसोसम्म कुटपिटमा संलग्न १४ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर बस्यालले जानकारी दिए।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-९ घोराघाटका २३ वर्षीय विवेक भुल,२२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी, २२ वर्षीय पुरन सार्की छन्।

त्यस्तै सोही नगरपालिकाका २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन के.सी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई पक्राउ गरिएको इन्स्पेक्टर बस्यालले जानकारी दिए।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीमा राखि थप अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै