Comments Add Comment

Advertisment

SKIP THIS

डीआइजी दान कार्कीद्वारा १२ वटै जिल्ला प्रमुखहरुलाई अपराध नियन्त्रण गर्न निर्देशन

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी डीआइजी दानबहादुर कार्कीले प्रदेश मातहतका १२ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

भिडियो कन्फरेन्स मार्फत डिआईजी कार्कीले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिनु भयो ।

निर्देशनको क्रममा डिआइजी कार्कीले मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, अपराध पिडितलाई कारवाहीको प्रगति विवरण सुसुचित, सवारी दुर्घटना न्युनिकरणमा विशेष पहल, प्रहरीलाई नियमित अभ्यास तथा प्रशिक्षण, सम्वेदनशिल इलाकाहरुमा थप सिसि क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतना कार्यक्रम संचालन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै