११ असार , काठमाडौ । अफगानिस्तान आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अफगानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ ।
११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए ।
अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४र४ र फजलहक फारुकी र गुलबदिन नाबी एकरएक विकेट लिए । यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।
बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एकरएक विकेट लिए । सुपर-८ को समूह १ बाट इन्डिया र अफगानिस्तान तथा समूह २ बाट साउथ अफ्रिका र इंग्ल्याण्ड सेमीफाइनलमा पुगेका छन् ।


