१४ साउन , काठमाडौँ । मकवानपुर प्रहरीले चोरी गरिरहेका ४ जनालाई पक्राउ गरेको छ।
गएराती हेटौंडा-५ स्थित सलमान खानको घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीको अनुसार उनीहरूलाई चोरी गरिरहेको अवस्थामा खानको परिवार र स्थानीयले पक्राउ गरेर प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेमा एक जना महिला र तीन जना बालकहरू रहेका छन्। कार्कीले हेटौंडा-५ की ३४ वर्षीया यमुना लामा र सोही स्थानको १२,१३ र १४ वर्षीय तीन बालकहरू रहेको जानकारी दिए।



