Comments Add Comment

Advertisment

SKIP THIS

नम्रता श्रेष्ठ निफको सल्लाहकार नियुक्त

११ फागुन , काठमाडौ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनयन भएका छन् । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै नम्रतालाई सल्लाहकार नियुक्ति गरिएको जानकारी दिएको हो ।

२०६५ सालमा अभिनय यात्रा थालेकी नम्रता नेपाली फिल्म उद्योगकी स्थापित कलाकार हुन् । महोत्सवका क्रममा हुने रचनात्मक कार्यक्रममा नम्रताले सल्लाहकारका रुपमा सहभागिता जनाउने छन् ।

चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment