Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई युवक पक्राउ

११ जेठ , काठमाडौं । बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- १ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन् ।

कलैया उपमहानगरपालिका- १० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै