Comments Add Comment

Advertisment

SKIP THIS

आधारभूत सहकारी ठगी प्रकरण : अध्यक्ष–प्रबन्धनिर्देशक रहेका श्रीमान्श्रीमती नै ठगी धन्दामा !

१५ जेठ , काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र प्रबन्धनिर्देशकले मिलेर सर्वसाधारणको जग्गा किर्ते गरी ठगी धन्दा चलाएको पाइएको छ । अध्यक्ष र प्रबन्धनिर्देशक दुवै श्रीमान् र श्रीमती हुन् ।

अध्यक्ष खड्ग देवकोटा र प्रबन्धनिर्देशक तथा देवकोटाकी पत्नी सविना देवकोटाको मिलेमतोमा ठमेलमै व्यवसाय गर्दै आएकी स्वस्थानी केसीको जग्गा ठगी भएको थियो । यस विषयमा आर्थिक दैनिकले समाचार प्रकाशन गरेपछि अध्यक्ष देवकोटा र उनकी पत्नीले धम्की समेत दिएका थिए । तर, सरकारी निकायको आँखा छलेर सहकारीको आवरणमा ठगी धन्दा चलाउने देवकोटा दम्पतीमाथि कुनै निकायले छानबिन गरेको छैन ।

स्थायी घर दोलखा भीमेश्वर नगरपालिका – ७ भएकी केसीको करोडौँको जग्गा सहकारीका अध्यक्ष देवकोटा र उनकी श्रीमती तथा प्रबन्धनिर्देशक सविना वाग्ले मिलेर ठगी गरेका थिए ।

काठमाडौंको ठमेलमा इन्स्पायर्ड ट्राइभ आयुर्वेद रेष्ट्रो एण्ड बार सञ्चालन गरी बस्ने स्वस्थानीले व्यावसायिक प्रयोजनका लागि सहकारीबाट ऋण लिने प्रक्रिया थालेकी थिइन् । तर जग्गा दृष्टिबन्धक राख्ने प्रक्रियाको लागि चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा पुगेकै दिन उनको जग्गा जालसाजी गरी सहकारीका अध्यक्ष देवकोटाको पत्नी सविनाले आफ्नो नाममा पास गरेकी थिइन् । उनले अदालतमा दायर गरेको मुद्दामा भने आफूले उक्त जग्गा ३० लाख रुपैयाँमा किनेको दाबी गरेकी छिन् ।

स्वस्थानीको नाममा रहेको खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित कित्ता नम्बर २३४४ मा करिब तीन सय नौ वर्गमिटर जग्गा सविनाले ठगी गरेकी हुन् । स्वस्थानीले इन्द्रचोकस्थित अनुसा सुनचाँदी पसलका मालिक कृष्ण रामदामसँग आफ्नो १८ तोला सुन धितो राखेर छ लाख २५ हजार ऋण लिएकी थिइन् । यही ऋणले उनलाई देवकोटा दम्पतीको पञ्जामा पु-याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै