श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रवक्ताको जिम्मेवारीमा सह-सचिव गोविन्द रिजाल -
Comments Add Comment

Advertisment

SKIP THIS

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रवक्ताको जिम्मेवारीमा सह-सचिव गोविन्द रिजाल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त भएका छन् । नवनियुक्त मन्त्री डोल प्रसाद अर्याल (डीपी) ले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि रोजगार व्यवस्थापन महाशाखा प्रमुख सह–सचिव राजिव पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले तत्कालीन प्रवक्ता डण्डुराज घिमिरेलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर विभागमा पठाएका थिए । त्यसपछि प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिइएको थियो । विभागका महानिर्देशक रहेका मदन दाहालको सरुवा गरेर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3