३० जेठ , काठमाडौ । आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ ।
लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५ :१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको थियो। वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि लगातार वर्षा भएपछि दुवै देशले अंक बाँडेका हुन् ।
योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्। समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन थिए।






