Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको फोहोर भोलिदेखि उठ्ने

११ साउन , काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर सङ्कलन गर्ने भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरु गरिने भएको हो।

माहानगरले सुचना जारी गर्दै असार १२ गतेदेखि फोर संकलन हुने र आफ्नो पायक पर्ने स्थानमा फोहोर पुर्याउन आग्रह गरेको छ । उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै