Comments Add Comment

Advertisment

SKIP THIS

अर्थमन्त्री पौडेल र यूएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता

२५ माघ , काठमाडौ । अमेरिकी विकास सहायता नियोग यूएसएआईडी प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय साझेदारीका बिषयमा छलफल भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले यूएसएआईडीले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

यस्तै, यूएसएआईडी प्रमुख सामन्था पावरले नेपालको अर्थतन्त्रको बिकासमा आफ्नो सहयोग जारी रहने बताएका थिए । यसअघि सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा। विमला राई पौडेलसँग पनि भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment