Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटवार्ता

५ माघ , काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । आज बिहान नेता पौडेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र नेता पौडेलबीच भेटवार्ता भएको पौडेललको सचिवालयले पुष्टि गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको पौडेललको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुअघि नेता पौडेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । सभामुख चयनका लागि अहिले ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

सभामुखका लागि सत्तासाझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ । केही दिनअघि बालुवाटारमा भएको सर्वदलीय बैठकमा पनि कांग्रेस नेताहरूले संवैधानिक पदहरूमा दलहरूबीच मिलेर जान छलफल गर्न सकिने धारणा राखेका थिए ।

यस्तै, बुधबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक पदमा सहकार्य गर्नेबारे छलफल गरेका थिए । दुई नेताबीचको छलफलपछि कांग्रेसले सभामुखका लागि उम्मेदवार चयन गर्ने निर्णयमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment